रुद्र सुवेदी : विश्व जलबिन्दु सप्ताह आजदेखि सुरु भएको छ । जलबिन्दु आँखामा लाग्ने घातक रोग हो । यो रोग लागेपछि अन्तिममा मात्र जानकारी हुने हुँदा यसको व्यापक जनचेतना फैलाउन तथा नियमित आँखा जाँच गराउने बानी बसाल्न आवश्यक छ ।
ग्लाउकोमा अर्थात जलविन्दु दृष्टि नशामा लाग्ने रोग हो । यो रोग लागेका बिरामीले समयमा उपचार पाउन नसके वा समयमा उचार नगराए एक्कासी आँखा देख्न छाड्ने हुन्छ ।
भिजन आँखा अस्पताल नेपालगञ्जका बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. प्रचन्ड गौतमका अनुसार ग्लाउकोमा अर्थात जलबिन्दु दृष्टि नशाको रोग भएको र जसको कारण आँखाको प्रेसर बढेर दृष्टि शक्तिमा अबरोध हुँदै क्रमिकरुपले अन्धोपन तिर लम्कनु हो ।
जलविन्दुको प्राय कुनै लक्षणहरु नदेखिए पनि निहुरिएर तल हेर्दा टाउको दुख्ने, उल्टी हुने, आँखा अत्यन्तै रातो हुने पनि हुन्छ, रातीमा बल्ब वा बत्तिमा हेर्दा ईन्द्रेणी जस्तो देखिने हुन्छ । तर, कसैकसैलाई केही पनि नभई भित्रभित्रै आँखामा प्रेसर क्रियशन भएर एक्कासी आँखा देख्न बन्ध हुन्छ ।
जलबिन्दुबाट कसरी जोगिने त
जलबिन्दु बाहिर कुनै पनि लक्षण नदेखिएर घरमा आउने चोरले जस्तै लुटेर भाग्दा गुमेको धनसम्पत्ती जस्तै जलविन्दु अर्थात ग्लाउकोमा पनि थाहै नदिएर आँखामा लाग्ने हुनाले समय समयमा आँखा जाँच गराउन आवश्यक हुन्छ । यसको औषधि पनि महंगो हुन्छ ।
यसैगरी ग्लाउकोमाको कारण बत्तिमा हेर्दा ईन्द्रेणी जस्तो देखिने र टाउको बेस्सरी दुखेर बमिट हुने अवस्थामा पुगेकालाई लेजर प्रबिधिबाट आँखाको शल्यक्रिया गरी दृष्टि नशा, दृष्टि पर्दा जति खराब भएको छ त्यत्तिमै रोकेर बचाउन सकिन्छ ।
शल्यक्रियाका माध्यामबाट पनि उपचार गर्न सकिने भिजन आँखा अस्पताल नेपालगञ्जका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. गौतमको सल्लाह छ । ४० वर्ष उमेर काटेका हरेक व्यक्तिमा जलबिन्दुको जोखिम हुन्छ ।
परिवारमा कसैलाई जलबिन्दु छ, भने यो जन्मजात पनि हुने संभावना हुन्छ । मोटो पावरको चस्मा लगाउने, चोटपटक लाग्दा, मधुमेहको विरामी पनि जोखिममा हुने डा गौतमको भनाई छ । यसैगरी स्टोरीईएड औषधि नियमित लिने पनि जलबिन्दुको जोखिम हुने हुँदा हरेक वर्ष जाँच गराउन आवश्यक छ ।
डा. प्रचण्ड गौतम बरिष्ठ नेत्ररोग विशेषज्ञ हुन । उनी जलबिन्दु तथा फेको पद्धतीको उपचार सेवामा दख्खल छन । यनलाई नेपालगञ्जको बिपिचोक नजिकै रहेको भिजन आँखा अस्पतालमा भेट्न सकिन्छ ।
हेल्थइरा । २०८०, २७ फाल्गुन आईतवार