भाईरल ज्वरोको बारेमा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेको सल्लाह भिडियोसहित

रुद्र सुवेदी : रुघाखोकी, शरिर दुख्ने, आँखा रसिलो हुने, ज्वरो आउने जस्तो समस्या देखिएमा ‘भाइरल’ले सतायो भन्छौ । ‘भाइरल’ज्वरो भन्नाले के हो ? यसका लक्षण र निधानको उपायका बारेमा भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे भन्छन–‘भाईरल शब्द मेडिकलको भाषामा एउटा अम्रेला वर्ड भईसकेको छ । भाईरसको कारण भाइरल हुने हो ।’

उनले भाईरल ज्वरो एक प्रकारको एन्फुलुन्जा भएको र यसमा रुघाखोकी, शरिर दुख्ने, आँखा रसिलो हुने, ज्वरो आउने, घाँटीमा निल्न समस्या हुने शरिरको मांशपेशी दुख्ने जस्ता लक्षण देखिने बताए । कोभिड, एचआईभी, ईन्फुलुन्जा सबै भाईरसका कारणले हुने रोगहरु भएको बताए ।

भाईरल भन्ने वित्तिकै सबै भाईरल सामान्य हुन्छ भन्ने हुदैन । सानो बच्चा, जेष्ठ नागरिक, मधुमेहका विरामी, रोगसंग लड्ने क्षमता कम भएको व्यक्तिहरुको लागि भाईरल अत्यन्तै जोखिम हुने र ज्यानै जाने हुन्छ । कोभिडको महामारीको बेलामा, सार्स र एन्फुलएन्जामा माथी उल्लेख भएका व्यक्तिहरु धेरैले ज्यान गुमाउनु परेको हामीसंग प्रसस्त उदाहरण छ ।

एन्फुलुएन्जामा पनि ए, बि, सि टाईपको हुन्छ र यसमा टाईप ए अत्यन्तै खतरनाक हुन्छ । एन्फुलुएन्जा विश्वभरी फैलिईरहेको पाईन्छ । कोभिड जस्तै पेण्डामिक हुने र हरेक वर्ष बंशाणुगत रुपमा परिवर्तित हुदै फैलिने गरेको पाईन्छ । एन्फुलुएन्जामा दुईप्रकारको परिवर्तन भएको पाईन्छ । सामान्य रुपमा हुने परिवर्तनलाई मेडिकलको भाषामा ड्रिफ्ट र मेजर चेन्जमा सिफ्ट भनिन्छ ।

कतिपय अवस्थामा चराहरुबाट पनि भाईरल हुने अवस्था आउछ । कतिपय अवस्थामा जनावरबाट मान्छेमा सर्ने खालको भाईरल मिक्स भेराईटीमा भेटिदा विश्व मै पेण्डामिक महामारीको रुप लिनसक्ने हुन्छ ।

भाइरलको लक्षण

सामान्यतया रुघाखोकी लाग्ने, शरिर जिरिङ्ग हुने, ज्वरो आउने, आँखा रातो हुने, टाउको दुख्ने,मांशपेशीमा अत्यन्तै दुखाई हुने, शरिर कमजोर हुने तर, कतिपय अवस्थामा लक्षण छुट्टयाउन पनि कठिन हुन्छ । कतिपय अवस्थामा डेंगी, स्क्रव टाईफस, टाईफाईडको लक्षण पनि यस्तै हुने अवस्था हुन्छ भने, बढी यसमा घाँटी दुख्ने, नाकबाट पानी बग्ने, शरिरको मांशपेशी दुख्ने, सुख्खा खोकी लाग्ने, आँखा रशिलो हुने यसको लक्षण हो ।

उपचार

सामान्य तया यो विराम आफै ठिक हुन्छ । लक्षण देखिनासाथ तातो पानी खाने, प्रसस्त झोलिलो सुप खाने, आराम गर्नुपर्ने हुन्छ । कम्पलिकेशन नहुँदासम्म यो सामान्य भए पनि कसैकसैलाई कम्पलिकेशन भएमा फोक्सोमा न्यूमोनियाँ गराउने, सास फेर्न असहज भई आईसियुमा भर्ना हुनुपर्ने अवस्था आउन सक्छ ।

पछल्लो समय विरामी आफैले मेडिकल गएर औषधि किनेर चकलेट खाएजस्तै गरी एन्टिबायोटिक औषधि खाने चलन छ । यो राम्रो होईन ।विदेशमा चिकित्सकको प्रेस्कृप्सन विना एन्टिबायोटिक औषधि किन्न पाईदैन । तर, हामी कहाँ जाँहा जस्ले माग्यो त्यसले पाउने आवस्थामा जथाभावी एन्टिबायोटिक औषधि खाँदा कम्पलिकेशन हुने र औषधिले काम नगर्ने अवस्था आउन सक्छ ।

डब्लुएचओले पनि जाथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले भयावह अवस्था हुने चेतावनी दिएको छ । जटिल अवस्था, फोक्सोमा दाग देखिएमा, सासफेर्न गाह्रो भएमा चिकित्सकको राय अनुसार लिन भने सकिन्छ ।

ज्वरो आएको छ भने सिम्पल कमपोजिसनको सिटामोल लिन सकिन्छ तर, विभिन्न कम्पोजिसन भएको सिटामोल, ब्रुफिन, आईब्रुफिन जस्ता औषधि लिन नहुने डा. पाण्डेको सुझाव छ ।

(डा राजन पाण्डे, प्रमुख कन्सल्टेन्ट फिजिसियन, भेरी अस्पताल नेपालगञ्ज र माउन्ट सगरमाथा पोलिक्लिनिक नेपालगञ्जमा जिल्ला प्रशासन कार्यालय अगाडि भेट्न सकिन्छ ।)




फेसबुकबाट तपाईको प्रतिक्रिया