बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवाग्रही थपिदै आवश्यकता अनुसारको औषधि अपुग हुने गुनासो

रुद्र सुवेदी  /  नेपालगञ्ज :  बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नसर्ने रोगहरुको उपचार तथा निदानका लागि सेवाग्राहीको रोजाईको गन्तब्य बने पनि विरामीको चाप अनुसारको औषधि उपलब्ध हुन सकेको छैन ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले बाँकेमा आयुर्वेद अ‍ैषधालय तथा नागरिक आरोग्य केन्द्र मार्फत पञ्चकर्म, पूर्वकर्म, जलौका थेरापी, योगका माध्यामबाट प्रदेशका नागरिकलाई नसर्नेरोगहरु रक्तचाप, मधुमेह, बाथ, हड्डि खिईने, आहार व्यवहार परिवर्तन गरी निरोगी बनाउन मद्दत पुराएको छ ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जमा नसर्ने रोगहरुको उपचारका लागि सेवाग्रहीको चाप अधिक हुने गरेको छ । स्वास्थ्य केन्द्रमा सेवा लिन आउनेहरु, नशा च्यापिएका, ढाड दुख्ने, एलर्जिी बाथ, तथा अन्य समस्यामा आयुर्वेद उपचारको साहारा खोज्दै आउने गरेका छन् ।

उनीहरुले आयुर्वेद उपचारले आफुहरुलाई केही सहजता भएपनि आवश्यक अनुसारको औषधि पाउन नसकेको नेपालगञ्ज–४ का ६० वर्षिय चंख रोकायले प्रतिक्रिया दिए । हातगोडा दुख् ने झमझमाउने समस्यले सताएर आएका उनले उपचार राम्रो भएपनि औषधि धेरै पाउन नसकिएको बताए ।

नेपालगञ्ज–४ कै रमश चन्दले पेटमा समस्या भएर आएको बताए । उनले आफ्नो समस्या निदान हुने चरणमा रहेको भएपनि आयुर्वेद स्वास्थ्य केन्द्रबाट आवश्यकता अनुसारको औषधि पाउन नसेकेको गुनासो गरे ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी डा. गीता रेग्मीले बिरामीको चाप अनुसारको औषधि न्यून हुँदा सेवा प्रवाहमा कठिनाई हुने गरेको बताईन । उनले आयुर्वेदमा २६ प्रकारका मात्र औषधि निशुल्क पाईने भएकोले पनि उपचारमा आउने विरामलाई उपचारमा आवश्यक औषधि बाहिरबाट लिनुपर्ने बाध्यता रहेको बताईन ।

उनले स्वास्थ्य केन्द्रमा आउने विरामीहरु ग्यास्ट्रिक, बाथ, हाडजोर्नीको दुखाई, मधुमेह उच्च रक्तचापलगायतका विरामीहरु आउने गरेको बताईन । साथै केन्द्रले यसैबर्षदेखि छाला तथा कपाल झर्ने समस्याको लागि लिच थेरापी अर्थात जुकाले टोकाई गरिने उपचार सेवा र प्रयोशाला पनि सञ्चालनमा ल्याएको जानकारी दिईन

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले चालु आर्थिक वर्षको पुस मसन्तसम्म ६ हजार वढीले सेवा लिएको केन्द्र प्रमुख डा आलोक कुमार पाण्डेले जानकारी दिए । उनले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा बाँकेमा रहेका विभन्न आयुर्वेद औषधालय तथा नागरिक आरोग्य केन्द्रबाट खासगरी नसर्ने रोगको उपचारको लागि आयुर्वेद उपचार सेवाग्राहीको रोजाईको विषय बनेको दाबी गरे ।

नियमित योग, पञ्चकर्म, पूर्वकर्म, शिरोधार, लिच थेरापी जुकालाई टोकाएर गरिने उपचार जस्ता पद्दतीको उपचारबाट विभिन्न खालका रोगहरुलाई निदान गर्न सक्षम भएको कारण पछिल्लो समय आयुर्वेद प्रति मानिसहरुको आकर्षण बढ्दै गएको छ । प्रदेश सरकारको प्राथमिकतामा आयुर्वेद उपचार पद्दतीको बिकास गर्न सके वर्सेनी थपिने नसर्ने रोगका बिरामीको उपचार भार कम हुने थियो ।

 

भिडियो हेरौ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया