बाँकेमा करिव ३७ हजार किशोरीलाई एचपीभी खोप लगाईदै

नेपालगञ्ज :  बाँकेका १०देखि १४ वर्ष उमेर समूहका करिव ३७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप  दिने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अर्थात एचपीभी खोप अभियान मार्फत बाँकेका ३६ हजार ९ सय ५० जनालाई खोप दिने भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका सुचना अधिकारी नरेशबाबु श्रेष्ठले बाँकेका ५ सय २४ वटा खोप केन्द्र मार्फत सो खोप दिने गरी तयारी गरिएको जानकारी दिए । यसका लागि १ हजार ४८ जना स्वयम सेवक विभिन्न खोप केन्द्रमा परिचालिन हुने छन ।

उनले बाँकेमा माघ २२ देखि फागुण ६ सम्म पहिलो चरणमा नेपालगञ्ज, खजुरा, कोहलपुर र जानकी गाउपालिकामा र दोस्रो चरणमा माघ ३० देखि फागुण ६ सम्ममा राप्तीसोनारी, बैजनाथ, डुडुवा र नरैनापुरमा खोप अभियान सञ्चालन गरिने बताए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले कक्षा ६ देखि १० सम्मका सबै विद्यालयका विद्यार्थीलाई र विद्यालय बाहिरका १० देखि १४ बर्ष उमेरका सबै छात्रालाई खोप लगाइने नीति अनुसार तयारी पुरा भएको जानकारी दिए ।

सो अभिमुखिकरण कार्यक्रममा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले खोपको प्रभावकारिता र असरका बारेमा जानकारी गराउदै खोप पूर्ण सुरक्षित भएको र कही कतै कुनै रिएक्सन भईहालेमा त्यसको लागि चिकित्सक तयारी अवस्थामा रहने बताए ।

स्वास्थ्य कार्यालय बाँकेको क्यान्सर विरुद्ध उपचारको सुबिधा सिफारिस लिन आएका ४३ मध्ये ५ जना पाठेघरको क्यान्सरबाट ग्रशित रहेको तथ्याङ्क छ । सो कार्यक्रममा जिल्ला खोप व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र चौधरी, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल नेपाल अबुद्र्ध रोग निवारण संघ बाँकेका अध्यक्ष दमन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया