दुर्गम बस्तीमा स्वास्थ्य पहुँच विस्तारमा शिविर प्रभावकारी : मुख्यमन्त्री आचार्य

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम बस्तीमा उपचार सेवा पु¥याउन स्वास्थ्य शिविरलाई अभियानका रुपमा अघि बढाइने बताएका छन ।

स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेका नागरिकका लागि निःशुल्क शिविर प्रभावकारी बन्दै गएकाले सरकारले पनि यसलाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे ।

छत्रदेव गाउँपालिका–५ मा स्थानीय सरकारसँगको समन्वयमा छत्रगञ्ज–रुपन्देही सम्पर्क समाजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको शनिबार उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउने महत्वपूर्ण माध्यमका रुपमा शिविरले योगदान दिएको बताए ।

‘स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका नागरिकको उपचारका लागि समाजले थालेको यो अभियान प्रशंसनीय छ । यसले दूरदराजका समुदायलाई घरमै निःशुल्क उपचार सेवा उपलब्ध गराउन मद्दत पु¥याइरहेको छ’ उनले भने,‘यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक छ ।’

समाजले विगत तीन बर्षदेखी नियमित रुपमा शिविर सञ्चालन गर्दै आएको छ । छत्रगञ्ज–रुपन्देही सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा उदघाटन गरिएको शिविरमा निःशुल्क भिडियो एक्सरे, औषधि, ल्याब सेवा, इसिजी, आँखा तथा दाँत परीक्षणलगायतका सुविधा प्रदान गरिएको छ ।

उदघाटन समारोहलाई सम्बोधन गर्ने अन्य वक्ताले पनि स्वस्थ र उत्तरदायी समाज निर्माणमा स्वास्थ्य शिविरहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया