मुटुरोग लाग्न नदिन आजैबाट परिबर्तन गरौ यस्ता चार व्यवहारहरु

नेपालगञ्ज  :  अहिलेको विलाशिता जीवनशैली र खानपानका कारण मुटुरोग विश्वमा पहिलो स्वस्थ्य समस्याको रुपमा परिचित छ । यसलाई दिर्घ रोग वा क्रोनिक रोगको साथै जीवनशैलीसँग सम्बन्धित रोगको रुपमा पनि लिने गरिन्छ । मुटुरोग हुन नदिनका लागि हामिले अपनाई रहेको अव्यवथित खानपानलाई परिमार्जित हुनै पर्छ । मुटुरोगबाट बच्नका लागि हाम्रो जीवनका चारवटा व्यवहार खानपान, शारीरिक व्यायम, धुम्रपान र मद्यपान परिर्वतन गनुपर्ने हुन्छ ।

मानिस शारीरिक रुपमा स्वस्थ्य हुनका लागि उसको उचाई अनुसारको तौल व्यवस्थापन गर्नुपर्ने हुन्छ । तौल व्यवस्थापनका लागि शारीरिक व्यायमका साथै खानेकुरामा पनि ध्यान दिन आवश्यक छ । शरीरले कति क्यालोरी वा शक्ति मागेको छ त्यहि अनुसार हिसाब गरेरे खानेकुरा सेवन गर्नुपर्छ ।

मुटु सम्बन्धी समस्या भएका व्यक्तिको शरीरमा असल किसिमको चिल्लोपदार्थ (एचडिएल), खराब किसिमको चिल्लोपदार्थ (एलडिएल) र ट्राईग्लिसिराइडलाई बिशेष हेर्नुपर्ने हुन्छ । यसका साथै भोजनमा कस्तो किसिमको चिल्लो पर्दाथ सेवन गर्ने भन्ने कुरामा बिशेष ध्यान दिनुपर्छ ।

मुटुरोगीको लागि वनस्पती स्रोतबाट तोरिको तेल, मकैको तेल, तिलको तेल सुर्यमुखी फुलको तेल खानामा ठिक मात्रामा समावेश गनुपर्ने हुन्छ ।

व्यक्तिलाई आवश्यक क्यालोरी अनुसार खाद्य पदार्थ सेवन गर्नुपर्छ । क्यालोरी (काब्राहाइडेट, प्रोटिन, फ्याट) बाट पाउन सकिन्छ । मुटुको समस्या भएको व्यक्तिले काब्राहाइडेटबाट कति क्यालोरी प्रोटिनबाट कति फ्याटबाट कति ल्याउने भन्ने हिसाब गरेर खानुपर्ने हुन्छ ।

कुल क्यालोरीमध्ये ५५ देखि ६५ प्रतिशत कार्बोहाइडेटबाट, २५ प्रतिशत प्रोटिनबाट र ३० प्रतिशतभन्दा कम फ्याटबाट प्राप्त हुने किसीमको भोजन सेवन गनुपर्छ । एन्टिअक्सिडेन्ट भिटामिन, खनिजपदार्थ र फाइबरयुक्त खानेकुरा भोजनमा प्रशस्त समावेश गनुपर्छ । मुटुका बिरामीले बनस्पति स्रोतबाट प्राप्त हुने प्रोटिनयुक्त खाद्यपर्दाथ खाुनुपर्छ ।

मुटुरोगीले खाना बाहेक धुम्रपान र मद्यपानलाई पनि बहिष्कार गनुपर्ने हुन्छ । मद्यपान बहिष्कार गर्न नसक्ने अवस्थाको व्यक्तिलाई मुटुको अवस्था हेरेर महिलाको लागि दिनमा एक पेग र पुरुषको लागि दुई पेग मात्र खान मिल्छ । तर, सकेसम्म नलिन बेश हुन्छ ।

मुटु सम्बन्धी समस्या छ भने शारीरिक व्यायम अति आवश्यक हुन्छ । सो व्यक्तिको अवस्था हेरेर व्यायम गनुपर्ने हुन्छ । उसको शारिरको लागि कति व्यायम आवश्यक छ कति अर्फोट गर्न सक्छ त्यहि अनुसार व्यायम गर्न उपयुक्त हुन्छ ।

एकदम हेबि किसीमको व्यायम पनि गर्न हुदैँन । हार्ट एन्जीन सम्बन्धी समस्या छ भने व्यायम गर्न हुदैँन । मुटुरोग भएका व्यक्तिले बिशेष खाना, व्यायम, धुम्रपान, मद्यपान सम्बन्धी व्यवहार परिर्वतन गर्न सके सो समस्या केहि हदसम्म निराकरण गर्न सकिन्छ ।

तर नियमित विशेषज्ञ चिकित्सकको निगरानीमा वा औषधि सेवन गर्ने र जाँच गर्ने कार्यलाई भने निरन्तर गर्न आवश्यक हुन्छ । मैले खानपानमा ध्यान दिएको छु, शारीरिक व्यायम नियमित छ, धुम्रपान र मद्यपान गर्दिन भने किन चिकित्सक कहाँ जाने भनेर घरमै बस्नु हुदैन । चिकित्सकको सल्लाह अनुसार यी चार व्यवहार अवलम्बन गरी चेकजाँच पनि नियमित गर्न आवश्यक छ ।

 

 




फेसबुकबाट तपाईको प्रतिक्रिया