निःसन्तान अर्थात बाँझोपनका बारेमा डा. घोषको सुझाव भिडियोसहित

रुद्र सुवेदी / नेपालगञ्ज : विवाहको दुईवर्षसम्म पनि सन्तान हुने लक्षण देखिएन भने त्यो बाँझोपनको कारण हुन सक्छ । खासगरी सन्तानको चाहना राखेर नियमित शारीरिक सम्बन्ध राख्ने दाम्पतिहरुमा सन्तान हुन सकेको छैन भने श्रीमान श्रीमति दुबैले आफ्नो स्वास्थ्य परिक्षण गराउन आवश्यक हुन्छ ।

निःसन्तान हुने अर्थात बाँझोपन के हो र यसको उपचारका बारेमा महिलासम्बन्धी क्यान्सर रोग विशेषज्ञ डा. ईन्द्रनिल घोष भन्छन्–‘ विवाह पश्चात दुई वर्षसम्म पनि नियमित शारीरिक सम्बन्ध राख्दा पनि सन्तान हुँदैन भने त्यो बाँझोपन हो ।’

उनले नेपाली समाजमा बाँझोपनको दोष जति सबै महिलालाई नै थुपार्ने गरिन्छ तर यस्तो होइन निसन्तान हुने अथवा बच्चा नपाउने समस्या चाहिँ महिला अथवा पुरुष दुवैमा पनि हुन सक्ने बताए ।‘ हाम्रो समाजले बाँझोपनको दोषजति महिलालाई दिएर उम्कन्छ । तर, त्यसो होईन बाँझोपन हुनु महिला पुरुष दुबैमा वा एकमा हुने कमीका कारण हुन्छ । त्यसको दुबैको जाँचपछिमात्र खुल्छ–‘उनले भने ।
उनले लामो समयदेखि यदि गर्भधारण भएको छैन भने महिला र पुरुष दुवै जनाले डाक्टरकोमा गएर जचाउन आवश्यक भएको बताए ।

यसैगरी धेरै जनाले डाक्टरलाई आएर सोध्छन् ‘हाम्रो पहिलो सन्तान भएको छ, किन होला दोस्रो सन्तान हुन सकेको छैन ।’ डा. घोषका अनुसार यो एकदमै धेरै देखिने कमन कारण भनेको महिलामा डिम्बनली सुकेको कारण पनि पहिलो सन्तान भएपछि दोस्रो सन्तानको लागि समस्या हुने गरेको हुन्छ ।

उनले भने–‘ पहिलो बच्चा जन्मियो तर अब फेरी बच्चा जन्माउँदा अब गर्भ बसिरा छैन । किन होला भनेर अधिकांश दाम्पत्तीले सोध्ने गरेका छन् । प्राय जसो के हुन्छ भन्दाखेरि यस्तो समस्यालाई चाहिँ हामीले सेकेन्डरी सव फर्टिलिटि भन्ने गर्दछौ । एकदमै धेरै देखिने कमन कारण भनेको जुन नलीबाट डिम्बहरु आउने गर्दछ त्यो नली जाम छ कि छैन त्यो चाहिँ जाँच गराउन एकदमै आवश्यक हुन्छ ।’

उनले पहिला बच्चा भएपछि दोस्रो बच्चा नहुने कारण पत्तलगाउन डिम्बबाहनी नलिको अवस्थाको जाँच गराउन आवश्यक हुने र यसको उपचार भएमा पुन सन्तान हुने बताए । उनले भने–‘ दम्पत्ती दुबैले आफ्नो स्वास्थ्य परिक्षण भने विषेशज्ञ चिकित्सकसंग गराउन वा परामर्श लिन आवश्यक हुन्छ ।’

( डा.ईन्द्रनिल घोष बरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ हुन । उनी सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा र कान्ति आरोग्य अस्पताल धम्बोझीचोक नजिक, नेपालगञ्जमा भेटिन्छन ) ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया