छ महिनाको बच्चालाई खाना कसरी दिने बालरोग विज्ञ डा. रोमा बोराको सल्लाह (भिडियोसहित )

रुद्र सुवेदी : आफ्ना नवजात शिशुको खानपानमा प्राय सबै अभिभावकको चासो र चिन्ता हुन्छ नै । कान्ति आरोग्य अस्पताल नेपालगञ्जका बालरोग विषेशञ डा रोमा बोराले छ महिनादेखि माथिका बच्चालाई खाना कसरी खुवाउने भन्ने बारेमा दिएको सुझाव प्रस्तुत गरेका छौ ।

प्राय जसो छ महिना पुगेका बालबालिकालाई अभिभावकले उनीहरुको आहार मिलाउन नसक्दा उनीहरुले पाउनुपर्ने पोषण र हुनुपर्ने बृद्धि बिकास हुन सकेको हुँदैन । छ महिनाका बालबालिकालाई आमाको दुधसंगै अन्न पनि खुवाउनु आवश्यक हुन्छ ।

आमाको दुधसंगै खिर, दलिया, सुजीको दलिया, केरा, उसिनेको श्याउलाई मिक्सरमा पिनेर खुवाउन सकिन्छ । सुरुवाती दिनमा बच्चाले खाना नरुचाउन सक्छ ।

तर, विस्तारै बच्चा खानामा बानी पर्न थाल्छ । १ वर्ष मुनीका बच्चालाई सकेसम्म चिनी र नुन नदिने डा बोराको सुझाव छ ।

(डा. रोमा बोरा बरिष्ठ बालरोग विषेशज्ञ हुन । उनलाई कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भेट्न सकिन्छ ।)




फेसबुकबाट तपाईको प्रतिक्रिया