पाठेघरको मुखको क्यान्सर जोगाउन मिल्ने क्यान्सर हो : डा. ईन्द्रनिल घोष (भिडियो सहित )

रुद्र सुवेदी :   पाठेघरको मुखको क्यान्सर अर्थात CERVICAL सर्भाइकल क्यान्सर पनि भन्ने गरिन्छ । यो समयमै सावधानी अपनाउन सके यसबाट जोगिन सकिन्छ । पाठेघरको मुखको क्यान्सर जोगाउन मिल्ने क्यान्सर हो । यो ३० वर्षदेखि ६५ वर्ष उमेर समूहका महिलाहरुमा स्कृनिङ्ग गरी पत्ता लगाउन सकिन्छ । यो ९९ प्रतिशत महिलाहरुमा HPV एचपिभि भन्ने भाइरसको संक्रमणका कारण हुन्छ ।

यो क्यान्सरको संक्रमण भएका महिलामा कुनै लक्षण हुँदैन तर, HPV एचपिभि भाईरसले पाठेघरको मुखमा विगार गर्दै जाने र पछि क्यान्सरमा परिणत हुने भएकोले पनि यसलाई प्रि क्यान्सर स्टेज पनि भन्न सकिन्छ ।

यो क्यान्सरबाट जोगिनको लागि नियमित स्कृनिङ्ग गर्न आवश्यक हुन्छ । स्कृनिङ्गले क्यान्सर हुनु अघि नै पाठेघरको मुखमा HPV एचपिभि भाईरसको संक्रमण भए नभएको पत्ता लगाउन सकिन्छ ।

नियमित स्कृनिङ्ग जाँचले क्यान्सर भए नभएको पत्ता लाग्ने भएकोले ३० देखि ६५ वर्ष उमेर समूहका महिलाले अनिवार्य रुपमा कुनै लक्षण भए वा नभए एचपिभि भाईरस जाँच गराई रहनु पर्छ ।

डा घोष बरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ हुन । उनी सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, स्त्रीरोग विभाग प्रमुख, कान्ति आरोग्य अस्पताल धम्बोझी चोक नजिक, नेपालगञ्ज र शंकर मेडिकल गणेशमान चोक, नेपालगञ्जमा कार्यरत छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया