बर्दिया : ‘स्वस्थ जीवन शैलिमा सात्वीक आहार’ भन्ने मूल नाराका साथ बर्दियाको गेरुवा गाउपालिका वडानं. ६, मनाउको आयुर्वेद औषधालयमा यो वर्षको राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती भव्यरूपमा मनाइएको छ ।
यस वर्ष ‘स्वस्थ जीवन शैलिमा सात्वीक आहार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको धनवन्तरी दिवसमा नागरिक आरोग्यता केन्द्र तथा विभिन्न सरोकारवालाहरु, विच आयुर्वेद एक प्राचिन सभ्यता एवं मानवको उत्पत्ती हुँदै प्रार्दुभाव भएको तथा खाद्य जीवन शैलीको बारेमा चर्चा गरिएको थियो ।
यसैगरी आयुर्वेदले आरोग्यता, योग ध्यान आदिमा भगवन तथा आयुर्वेद प्रर्वतक श्रीधन्वन्तरीको विशेष योगदान रहेको र मानिसमा उत्पन्न हुने विभिन्न शाररिक समस्या लगायतका रोग तथा दुर्बलताका आरोग्यता प्रदान गर्न महत्वपूर्ण भूमिका रहेको सरोकारवालहरुले बताएका थिए ।
गेरुवा गाउपालिका वडानं ६ का वडाध्यक्ष तथा औषधालय संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गोपाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गेरुवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री नरबहादुर चन्द र विशिष्ठ अतिथि लेखा/आर्थिक प्रशासन प्रमुख सुदिप सिग्देल, बर्दिया मेडिकल ईन्सिच्यूट, गुलरिया सिटि अस्पतालका प्रमुख सुधाकर मिश्रालगायत औषधालय संचालन तथा व्यवस्थापन समितिका प्रतिनिधी तथा सदस्यहरु सहभागि रहेको कार्यक्रममा स्वागत आयुर्वेद औषधालय प्रमुख डा शिवराज सुवेदीले गरेको कार्यक्रम संचालन डा संन्देश अधिकारीले गरेका थिए ।
हेल्थइरा । २०८१, १४ कार्तिक बुधबार