रुद्र सुवेदी : पाठेघरको मुखको क्यान्सर स्कृनिङ्ग गर्ने पद्धती मध्ये VIA भिआईए, PAP SMEAR पिएपि एसएमईएआर, (CYTOLOGY साईटोलोजी ) पानीको जाँच,HPV DNA एचपिभि डिएनए जस्ता जाँच गर्ने गरिन्छ ।
अहिलेको रिसेन्ट अनुसंधान अनुसार HPV DNA एचपिभि डिएनए र PAP SMEAR पिएपि एसएमईएआर, (CYTOLOGY साईटोलोजी ) संगै गर्दा पाठेघरको मुखको क्यान्सर (प्रि क्यान्सर) पत्ता लगाउन प्रभावकारी हुन्छ ।
यो जाँच हरेक ३–३ वर्षमा गर्ने गरिन्छ ।
(डा. घोष बरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ हुन । उनी सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा र कान्ति आरोग्य अस्पताल धम्बोझीचोक नजिक, नेपालगञ्जमा भेटिन्छन ) ।
हेल्थइरा । २०८०, २८ माघ आईतवार