रुद्र सुवेदी : सर्जरी चिकित्साको क्षेत्रमा विज्ञान र प्रविधिको कारण परम्परागन पद्धती भन्दा नयाँ र आधुनिक पद्धतीले सहजता बनाएको छ । यसैक्रममा दुरविन प्रबिधिबाट पित्तथैलीको पत्थरी, एपेण्डिक्स, हर्निया, गाँठागुठीको शल्यक्रियामा सहजता भएको हो ।
नेपालगञ्जको कान्ति आरोग्य अस्पताल धम्बोझी चोक नजिकै रहेको अस्पतालमा दुरविन प्रबिधिबाट उपचार गर्दा विरामीलाई धेरै सजिलो हुने बरिष्ठ जनरल तथा ल्योस्कोपिक सर्जन डा. विजय उपाध्यायको भनाई छ ।
दुरविन प्रविधिले उपचार गर्दा विरामीको शल्यक्रिया गर्ने स्थानमा सानो प्वालमात्र पारेर शल्यक्रिया गर्ने हुँदा घाउ पाक्ने डर नहुने, विरामीलाई दुखाई कम हुने, अस्पतालको बेडमा धेरै बस्न नपर्ने र काममा चाँडै फर्कन सक्ने भएकोले यो पद्धती सजिलो छ ।
कान्ति आरोग्य अस्पतालमा दुरविन प्रविधिबाट पित्तथैलीको पत्थरी, एपेण्डिक्स, हर्निया, गाँठागुठीको शल्यक्रियामा सहजता हुने डा उपाध्ययको भनाई छ ।
यदी पुरा चिरेर शल्यक्रिया गर्दा विरामीले लामो समय अस्पताल बस्नुपर्ने, दुखाई बढ्ने, घाउ पाक्ने टाँका फुस्किने लगायतका समस्या देखापर्ने हुँदा दुरविन प्रविधिको शल्यक्रिया उत्तम हुने डा उपाध्यायको सुझाव छ ।
उनी भन्छन–‘ धेरैजसो सेवाग्राही विरामीहरुमा दुरविन पद्धतीबाट शल्यक्रिया गराउदा पुरै पित्तथैलीको स्टोन न निस्कने जस्तो भ्रम व्यापक पाईन्छ । तर, दुरविन पद्धतीको शल्यक्रिया करिव शतप्रतिशत सक्सेस छ ।’
उनले बदलिदो र विजि समयको माग अनुसार परम्परागत जनरल सर्जरी मार्फत सेवा लिएर लामो समयसम्म दुख पाउनु भन्दा ढुक्कका साथ दुरविन प्रविधिबाट सेवा लिन सबै विरामीलाई अनुरोध गरे ।
(डा. उपाध्याय , बर्दिया जिल्ला अस्पताल गुलरिया र कान्ति आरोग्य अस्पताल धम्बोझी चोक नजिकै नेपालगञ्जमा कार्यरत छन ।)
हेल्थइरा । २०८०, २७ माघ शनिबार