नेपालगञ्ज : नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखाको आयोजनामा विश्व मृगौला दिवश बिहीवार सचेतनामुलक प्रभातफेरी निकालेर मनाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका परिसरबाट सुरु भएको प्रभातफेरी औद्योगिक क्षेत्र अगाडि पुगेर पुनः उपमहानगरपालिकामा पुगेर समापन भएको थियो ।
भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. सौरभंिसह हमालले मिर्गौला रोगको जोखिम कम गर्न आफैं सचेत हुनुपर्ने बताउदै नियमित चेकजाँच गर्ने, जीवनशैली खानपानलगायतमा सुधार ल्याउन सकेमात्र यसबाट जोगिन सक्ने सुझाव दिए ।
उनले अस्पतालमा दैनिक रुपमा १५–२० जना मृगौलाका विरामी आउने गरेको बताए । नियमित जाँच तथा खानपान र आहार विहारमा ध्यान दिएमात्र पनि मृगौला सुरक्षित हुने डा हमालको भनाई छ ।
नेपालगञ्ज उपमहानगर स्वास्थ्यमहाशाखाका जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेतले उपमहानगरको स्वास्थ्य शाखामा दैनिक जसो २–३ जना मुटु, मृगौला तथा क्यान्सर उपचारको लागि सिफारिस लिन आउने गरेको जानकारी दिए ।
मुदायमा नसर्ने रोगको जोखिम बढिरहेको बेला सचेतनाका लागि विभिन्न दिवस मनाउने क्रममा विश्व मृगौला दिवस मनाईएको उनले बताए ।
हेल्थइरा । २०८१, २९ फाल्गुन बिहीबार