रुद्र सुवेदी : दुरविनबाट शल्यक्रिया (अपरेशन गर्ने) प्रविधिको विषयमा धेरैजसो विरामीमा हुने गरेको विभिन्न खालको धारणालाई चिर्ने र विरामीलाई यो प्रविधिको बारेमा जानकारी दिन डा. कृष्णमोहन अधिकारी, ग्यास्ट्रो हेपाटोविलेरी तथा ल्याप्रोस्कोपिक (दुरविन तथा लेजर ) सर्जनको भनाई प्रस्तुत गरिएको छ ।
सामान्यतया दुरविन प्रबिधिबाट हुने अपरेशन जुन विरामीमा चिरेर अपरेशन गर्न सकिन्छ ती सबै विरामीलाई दुरविन प्रविधिबाट अपरेशन गर्न सकिने डा. अधिकारी बताउछन ।
उनले भने–‘कुनै पनि सेवा लिने बिरामीले जनरल एनेस्थेसियालाई थेग्न सक्दैन, वा विरामीको रगत पातलो भएर अत्याधिक रक्तश्राब हुने जोखिम अधिक छ, भने त्यस्ता विरामीले दुरविन प्रविधिबाट वा चिरेर अपरेशन सेवा लिन कठिन वा जोेखिम युक्त मानिन्छ ।’
उनले सामान्य अवस्थामा रहेका, चिरेर अपरेशन गर्न योग्य रहेको बिरामीलाई पनि दुरविन प्रबिधिबाट अपरेशन सेवा दिन सकिने कुरामा जोड दिदै भने–‘ समान्य अवस्थामा रहेर अपरेशन गर्न फिट रहेको विरामीलाई दुरविन प्रविधिबाट सेवा दिदा कुनै पनि समस्या पर्दैन ।’
उनले दुरविनबाट अपरेशन गर्दा चिरेर गरेको अपरेशन भन्दा धेरै फाइदाहरु हुने बताए । उनी भन्छन–‘ दुरविन प्रविधिको अपरेशन गराउदा विरामीलाई अपरेशन गरिसकेपछि न्यूमोनियाँ हुने सम्भावनाहरु न्यून हुने, दुरविनबाट अपरेशन गर्दा विरामीमा अन्यरोग पनि भए नभएको सबै हेरेर अपरेशन गर्ने हुँदा यसका फाईदा धेरै छन् ।’
चिरेर अपरेशन गर्नु परेको खण्डमा जहाँ अपरेशन गर्नु पर्ने हो त्यहा त्यत्तिमात्र अपरेशन गरिने हुँदा जोखिम झन थपिने डा. अधिकारीको भनाई छ । ‘दुरविनले अपरेशन गर्दा भिजन क्लियर हुने अरु ठाँउमा रोग भएको डाईगोनोसिस हुने भएकोले चिरेर अपरेशन गुर्न भन्दा दुरविनले अपरेशन गर्दाका फाईदाहरु धेरै छन्’– उनले भने ।
(डा. कृष्णमोहन अधिकारी ग्यास्ट्रो हेपाटोविलेरी तथा ल्याप्रोस्कोपिक (दुरविन तथा लेजर ) सर्जन हुन । पेटको रोग सम्बन्धी उपचारको विज्ञ रहेको उनी भेरी अस्पताल नेपालगञ्ज र कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा उपलब्ध छन् ।)
हेल्थइरा । २०८०, ३ फाल्गुन बिहीबार