पाठेघरको मुखको क्यान्सरको भ्याक्सिनका बारेमा डा.ईन्द्रनिल घोषको भनाई भिडियोसहित 

 

रुद्र सुवेदी : पाठेघरको मुखको क्यान्सर CERVICAL सर्भाइकल क्यान्सरको खोप ९ देखि १४ वर्ष भित्रका किशोरीलाई लगाउने गरिन्छ । यदि १४ वर्षसम्म पनि यो खोप लगाएको छैन भने २५ वर्षको उमेर सम्म पनि लगाउन सकिन्छ यसलाईCatch up Vaction भनिन्छ ।

उमेर बढी भएका महिलाले चाहेको खण्डमा यो खोप लगाउन सक्ने छन् । तर, उमेर बढी भएका महिलाहरुमा प्राय HPV एचपिभि भाईरसको संक्रमण भईसकेको हुने हुनाले खोप लगाएर यस्ता महिलाहरु ढुक्क हुने अवस्था हुँदैन l

खोप लगाई सकेको भएपनि बेलाबेलामा पाठेघरको मुखको क्यान्सर CERVICAL सर्भाइकल क्यान्सरको नियम अनुसार स्कृनिङ्ग गर्न आवश्यक हुन्छ ।

(डा. घोष बरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ हुन । उनी सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा र कान्ति आरोग्य अस्पताल धम्बोझीचोक नजिक, नेपालगञ्जमा भेटिन्छन ) ।




फेसबुकबाट तपाईको प्रतिक्रिया