रुद्र सुवेदी : कान्ति आरोग्य अस्पताल धम्बोझी चोक नजिकै नेपालगञ्जले पश्चिम नेपालमै पहिलो पटक लेजर प्रबिधिबाट शल्यक्रिया गर्ने मेसिन सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
कान्ति आरोग्य अस्पतालका बरिष्ठ ल्योस्कोपिक सर्जन डा. विजय उपाध्यायले पश्चिम नेपालमै पहिलोपटक कान्ति आरोग्यमा लेजर प्रविधिबाट शल्यक्रिया गर्ने पद्धती भिल्याईएको बताए ।
उनले लेजर प्रविधिबाट पायल्स, फिसर, फिस्टुला, पाईलो निडल साईनस साथै डायविटिक फुटको विरामीको उपचारमा लेजर प्रविधिबाट शल्यक्रिया गर्न सहज हुने र यसको नतिजा पनि करिब शतप्रतिशत सक्सेस रहेको बताए ।
लेजर प्रविधि काठमाण्डौ, पोखरा र चितवनमा मात्र सञ्चालनमा रहेको छ । पश्चिम नेपालमा पहिलोपटक कान्ति आरोग्य अस्पताल नेपालगञ्जले सञ्चालन गर्न थालेको हो ।
(डा. विजय उपाध्याय, कन्सल्टेन्ट सर्जन, बर्दिया जिल्ला अस्पताल गुलरिया, कान्ति आरोग्य अस्पताल धम्बोझीचोक नजिकै नेपालगञ्जमा कार्यरत छन् ।)
हेल्थइरा । २०८०, १ फाल्गुन मंगलवार