दाङ्ग : लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले सेवाग्राहीले सहज रुपमा देख्ने, पढ्न मिल्नेगरी सेवा शुल्क सहितको विवरण राख्न सबै अस्पताल तथा स्वास्थ्य संस्थालाइ निर्देशन दिएको छ ।
स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनतालाई सहज र सरल रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी सेवा शुल्क सहितको विवरण सबैले सजिलोसँग देख्ने, पढ्न मिल्नेगरी राख्न निर्देशन जारी गरेका हुन ।
‘स्वास्थ्य सेवा लिन जाने तर, कुन सेवा निःशुल्क हो । कुन सेवामा शुल्क लाग्छ थाहा नहुदा समस्या परेको देखिन्छ’–स्वास्थ्य मन्त्री सारुले भने–‘सेवा प्रवाहलाई सहज र सेवाग्राही मैत्री बनाउन सूचना प्रवाहलाई चुस्त बनाउनेगरी निर्देशन जारी गरेका हौं ।’
मन्त्रालयले मंगलवार पत्र काट्दै सरकारी तथा निजि, सामुदायिक रुपमा सञ्चालन भएका अस्पतालहरुमा निर्देशन जारी गरेको वरिष्ठ स्वास्थ्य शिक्षा प्रसासक महाशाखा प्रमुख नोदनारायण चौधरीले जानकारी दिए ।
स्वास्थ्य संस्थाहरुले सेवाग्राहीले सहज रुपमा बुझ्न नसक्ने गरी सुचना प्रवाह गर्ने गरेका छन । अबदेखि सहज रुपमा सेवाको बारेमा जानकारी दिनेगरी व्यवस्था मिलाउन निर्देशन दिइएको हो । प्रदेशका सबैै स्वास्थ्य संस्थाहरुले दिने सुविधाहरुको सुचि स्पष्ट रुपमा देखिने र जनताले बुझने गरि राख्न भनिएको छ ।
हेल्थइरा । २०८१, ११ मंसिर मंगलवार