चिकित्सक लाईसन्सको विशेष परीक्षामा ९१ प्रतिशत उत्तीर्ण

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले गत शुक्रबार र शनिबार (साउन १७ र १८) लिएको विशेष चिकित्सक  लाईसेन्सको परीक्षाको नतिजा प्रकाशित हँुदा ९१ प्रतिशत भन्दा बढी उतिर्ण हुन सफल भएका छन् ।

काउन्सिलका अनुसार यसपटक सञ्चालन भएको परीक्षामा ९१.४५ प्रतिशत उत्तीर्ण भएका छन् । उत्तीर्ण भएको प्रतिशत सम्भवत अहिलेसम्मकै बढी हो ।

काउन्सिलका रजिष्ट्रार डा.सतिशकुमार देवले दिएको जानकारी अनुसार यस पटकको विशेष लाईसेन्स परिक्षामा ९७० जनाले फारम भरे पनि ९६६ जना सहभागी थिए । ती मध्ये ८७८ जना (९१.४५ प्रतिशत) उत्तीर्ण भएका हुन् । ६ जनाको नतिजा विथहेल्डमा राखिएको छ ।

यसपटक विशेष परीक्षामा कुल ४० विषयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । यस पटक फ्रेस विद्यार्थीहरू आएको र डिएमएमसीएचको तयारीमा रहेका पनि सहभागी भएकोले नतिजा राम्रो आएको काउन्सिल जनाएको छ ।

परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा दुई दिन दुई सिफ्टमा सञ्चालन गरिएको थियो । अनलाइनखबरबाट 




फेसबुकबाट तपाईको प्रतिक्रिया