भेरी अस्पतालमा पहिलो पटक ठूलो आन्द्राको क्यान्सरको दुरविन प्रविधिबाट सफल शल्यक्रिया

नेपालगञ्ज :  नेपालगञ्जको भेरी अस्पतालमा पहिलो पटक ठूलो आन्द्राको क्यान्सरको दुरविन प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ । बिगत डेढ वर्षदेखि पेटको समस्याले पीडित पञ्चपुले नगरपालिका–१ की ७५ वर्षया हस्ता शर्माको भेरी अस्पतालमा रोगको डाईगोनोसिससंगै सफल शल्यक्रिया गरिएको हो ।

पीडितका छोरा ललित शर्माले दिएको जानकारी अनुसार लामोसमयदेखि पत्थरी भयो भन्दै प्रदेश अस्पताल सुर्खेत, लगायत सुर्खेतका विभिन्न अस्पतालहरुमा उपचार गराउदै आए पनि बस्तविक रोग भने भेरी अस्पतालमा आएपछि मात्र पत्ता लागेको हो । उनले आमाको ठूलो अन्द्रामा क्यान्सर भएको बताए ।

उनले भने–‘ सुर्खेतका विभिन्न अस्पतालहरुमा उपचार गरियो सबै ठाँउमा पत्थरीको सिकायत हो भन्दै औषधि गरियो तर, पीडा र समस्या जस्ताको त्यस्तै भएपछि भेरी अस्पताल पुगेर अल्ट्रासाउण्ड (भिडियो एक्सरे) गर्दा केही नदेखिएपछि सिटिस्क्यानबाट मात्र बस्तविक रोग पत्ता लागेको हो ।’

उनले भेरी अस्पतालमा कन्सल्टेन्ट ग्यास्ट्रो हेपाटोविलेरी तथा ल्याप्रोस्कोपिक सर्जन डा. कृष्ण मोहन अधिकारीसंग जाँच गराएपछि मात्र रोग पत्ता लागेको र डा. अधिकारी कै नेतृत्वमा आमाको दुरविन प्रविधिबाट भेरी अस्पतालमै सफल शल्यक्रिया गरिएको बताए ।

उनले भने–‘ आमा अहिले घरमा स्वास्थ्य लाभ गरिरहनु भएको छ । बढी उमेरको कारण अलि कमजोरी भएको जस्तो फिल गर्नु भएको छ । तर, पेट दुख्ने समस्या छैन असारको तेस्रोसाता फलोअपको लागि सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा बोलाउनु भएको छ ।’

पश्चिम नेपालको ईतिहासमा नै आन्द्रको क्यान्सरको जटिल अवस्थाको सफल शल्यक्रिया त्यो पनि दुरविन प्रविधिबाट पहिलो पटक भएको डा अधिकारीले बताए । उनले भने–‘ पेसेन्टको बायोप्सी रिर्पोटले दोेस्रो स्टेजको क्यान्सर डाईगोनोसिस भएको र दुरविनले शल्यक्रिया गर्दा लिम्फ्रो पनि १७ भन्दा बढी निस्किएको छ । धेरी ईन्डिकेटरले शल्यक्रिया सफल भएको देखिएको छ ।’

उनलाई सो शल्यक्रियामा जनरल सर्जनहरु डा.सन्तोष सिर्पाली र कमर हसन अन्सारी, एनेस्थेसिस्ठ डा. पारस पाण्डेलगायतको टिमले सघाएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया