आँखामा हुने मायोपिया के हो ? यसबाट कसरी बच्ने डा. प्रचण्डको सल्लाह भिडियोसहित

नेपालगञ्ज : आँखाले टाढाको देख्ने क्षमतामा ह्राश आउनु नै मायोपिया हो । यस्तो अवस्थामा टाढाका वस्तुहरु धमिलो देखिन्छ । माइनस लेन्सको प्रयोग गरेपछि टाढाको वस्तु सफा देख्ने हुन्छ ।

यसमा आँखाको लम्बाइ सामान्य भन्दा ठूलो हुने गर्छ । बच्चाहरुको बढ्दो उमेर अनुसार र हाइट बढ्दैं गए अनुसार आँखाको लम्बाइ पनि बढ्दै जाने हुन्छ । आँखाको लम्बाइ बढ्दैं गए अनुसार माइनस पावर भएको बच्चाहरुमा माइनस पावर पनि बढ्दै जाने देखिन्छ । मायोपिया धेरै कारणले हुन्छ ।

मायोपियाका प्रमुख कारण बंशाणुगत हो । बुवा वा आमा अथवा दुवैमा माइनस पावर लगाउनुपर्ने अवस्था देखिएको छ भने बच्चाहरुमा पनि माइनस पावर लेन्स लगाउनुपर्ने एकदमै ठूलो सम्भावना हुन्छ ।

बच्चाहरुमा यो समस्या भएमा बच्चा टिभि मोबाईल हेर्दा नजिक जाने, आँखा मिच्ने हुन्छ । मायोपिया भएका बच्चाहरुको लागि आवश्यक पावरको ग्लास नै लगाउने हो । आमा वा बुवा एकमा मात्र भए दुईगुणा र दुबैमा भए आठ गुणा बच्चाहरुलाई हुने संभावना हुन्छ ।

यदि कुनै बच्चाको माइनस पावर देखियो भने उसको दाजुभाइ, दिदीबहिनीमा माइनस पावर लेन्स लगाउनुपर्ने कन्डिसन हुन सक्छ । त्यहीकारण समयमै चेकअप गर्न जरुरी छ ।

जीवनशैली, वातावरणले पनि माइनस पावर लेन्स लगाउनुपर्ने हुन्छ कि हुँदैन भन्ने कुरा निर्धारण गर्छ । पहिले—पहिले बालबालिकाहरु नर्मल लाइटमा एक्सपोज धेरै हुन्थे आजभोलि स्कुलमा पनि निरन्तर पढ्ने, स्कुलबाट फर्केपछि पनि गृहकार्यहरु धेरै हुने, ट्युसन हुने, होमवर्क सकेपछि मोबाइलमै गेमहरु खेल्ने, इन्टरटेनमेन्टका लागि मोबाइल मै युट्युब, टिकटक हेर्नेजस्ता कारणले पनि माइनस पावर एकदमै बढ्दो अवस्थामा छ ।

यस्तो समस्या बच्चाहरुमा देखिएमा नियमित आँखा जाँच गराउने र आँखालाई अल्छी हुनबाट बचाउने गरी काममा लगाउने सल्ला डा. प्रचण्डको छ ।

 

 

डा. प्रचण्ड गौतम बरिष्ठ नेत्ररोग विशेषज्ञ हुन । उनी जलबिन्दु तथा फेको पद्धतीको उपचार सेवामा दख्खल छन । यनलाई नेपालगञ्जको बिपिचोक नजिकै रहेको भिजन आँखा अस्पतालमा भेट्न सकिन्छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया