नसर्ने रोग व्यवस्थापनको लागि आयुर्वेद मेयर कार्यक्रम प्रभावकारी बन्दै

समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जमा विलासी र अस्वस्थ जीवनशैलीका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको छ, जसले नेपालमा करिब ७१% मृत्युको कारण बनेको तथ्यांक देखाउँछ।
  • यसको न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र–४, गणेशपुरमा ‘मेयरसँग आयुर्वेद’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।
  • कार्यक्रमअन्तर्गत हरेक सोमबार निःशुल्क सुगर, रक्तचाप, BMI, मूत्र परीक्षण गरी दैनिक १५–२० जनासम्मलाई स्वास्थ्य सल्लाह दिइँदै आएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  पछिल्लो समय विलाशिता जीवनशैलीका कारण समुदायमा नसर्नेरोग व्यापक मौलाएर गएको पाईएको छ ।

समुदायमा अखाद्य बस्तुहरु खानपान, अस्वथ्यकर जीवन शैली , शारीरिक निष्क्रियता, जोखिमपूर्ण व्यबहार जस्तै धूम्रपान, मध्यपान खैनी चुरोट बिडि लगायत बस्तुको निरन्तर सेवन,मानसिक तनाव, विभिन्न रासायनिक पदार्थहरुको संसर्ग, आदि कारणहरुले गर्दा समुदायमा नसर्नेरोग दिन प्रतिदिन भयावहको रूपमा देखा परेको हो ।

यी नसर्ने रोग अन्तर्गत मुटुजन्य रोगहरु ( कोरोनरी मुटुरोग, हृदयघात, उच्चरक्त चाप) विभिन्न प्रकारका क्यान्सरहरु , स्वासप्रस्वास प्रणाली जन्य रोगहरु, दम, मधुमेह पर्दछ्न । यी रोगहरुले गर्दा मानिसमा विभिन्न प्रकारका समस्याहरु देखापर्ने हुन्छ, लामो समयसम्म रोग रहि रहनु, शरीरमा दिर्घप्रभाब पर्नु, शरिकको अङ्ग बिकलाङ्ग हुनु, सामाजिक आर्थिक शारीरिक रूपमा निष्क्रिय हुनु र मृत्यु हुन ।

यी नसर्ने रोगहरुले गर्दा नेपालमा मृत्युको करिब ७१% मानिस यी रोगहरु गर्दा मरेको तथ्यांक छ । यी नसर्ने रोगहरुको ब्यबस्थापन गर्नको लागि स्वस्थ्यकर जीवन शैलीको बिकास गर्ने, अखाद्य बस्तुहरु खानबाट निरुत्साहित गर्ने दैनिक रूपमा प्रसस्तमात्रामा हरियो साग सब्जी फलफुलको नियमित सेवन गर्नु पर्छ ।

यसैगरी बजारका पत्रु खाना नखाने, दैनिक जीवनमा कम्तीमा ३० मिनेट योग, ध्यान, तथा ब्यायाम गर्ने र शारीरिक मानसिक तनाव कमगर्न, विभिन्न प्रकाणका प्रदुषण कोलाहल, विभिन्न केमिकल युक्त पदर्थबाट कसरी टाढा रहने कसरी स्वस्थ्य जीबनयापन गर्नको लागि यी रोगहरुको पहिचान गरि कसरी वच्चन सकिन्छ भनेर उपाय र उपचार खोजिन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र नेपालगञ्ज ४ गणेशपुरमा हरेक महिनाको प्रत्येक सोमबारका दिन मेयरसग आयुर्वेद कार्यक्रम अन्तरगत बिहान ८ बजेदेखि आउने सेवाग्राहीहरुको निःशुल्क सुगर टेस्ट, ब्लडप्रेसर, उचाइ, तौलको अधारमा मापन बिएमअई, मुत्रको परिक्षण आदिको परिक्षण गरि सेवाग्राही तथा बिरामीहरुलाइ आबश्यक सल्लाह सुझाव दिने उद्देश्यले यो कार्यक्रम राखिएको छ ।

दैनिक करिब १५ देखि २० जनासम्मको परिक्षण गरिएको जानकारी शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र नेपालगन्ज ४ गणेशपुरमा कार्यरत डा शिबराज सुवेदीले दिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया