भारतीय राष्ट्रिय चिकित्सक दिवसको अवसरमा ‘बिहार डाक्टर आइकन अवार्ड–२०२६’ सम्पन्न

समाचार सारांश
Generated Using AI
  • भारतीय राष्ट्रिय चिकित्सक दिवसको अवसरमा बिहारको पटनामा ‘बिहार डाक्टर आइकन अवार्ड–२०२६’ तथा ‘चिकित्सा र मानव अधिकार’ विषयक सेमिनार सम्पन्न भएको छ।
  • कार्यक्रममा पद्मश्री डा. जितेन्द्र कुमार सिंहसहितका वक्ताहरूले चिकित्सकले सेवा, मानव अधिकार, आचारसंहिता र सामाजिक दायित्वलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
  • समारोहमा चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका १३ जना चिकित्सकलाई ‘बिहार डाक्टर आइकन अवार्ड–२०२६’ प्रदान गरी सम्मान गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बैशाली, बिहार (भारत)  : भारतीय राष्ट्रिय चिकित्सक दिवसको अवसरमा पटनाको राजेन्द्र नगरस्थित पद्मश्री डा. जितेन्द्रकुमार सिंहको निवास तथा सभाकक्षमा ‘ह्युमन राइट्स टुडे’ र ‘सिम्स’को आयोजनामा एक दिवसीय सेमिनार तथा ‘बिहार डाक्टर आइकन अवार्ड–२०२६’ समारोहको आयोजना गरिएको छ ।

कार्यक्रमको उद्घाटन ओन्कोलोजिस्ट पद्मश्री डा. जितेन्द्र कुमार सिंह, पद्मश्री अशोक विश्वास, गणितज्ञ प्रा. के.सी. सिन्हा र मानवाधिकार टुडेका सम्पादक डा. शशि भूषण कुमारले संयुक्त रूपमा गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा ’चिकित्सा र मानव अधिकार’ विषयक अन्तरक्रिया सञ्चालन गरिएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै पद्मश्री डा. जितेन्द्र कुमार सिंहले चिकित्सकहरू कर्तव्यनिष्ठ हुनुपर्ने कुरा बताए । उनले भने–‘ चिकित्सकहरूको सामाजिक दायित्व पनि हुन्छ र जुनसुकै परिस्थितिमा पनि हामीले ती दायित्वहरू पूरा गर्नुपर्छ ।’

‘मानवाधिकार टुडे’ का सम्पादक भूषण कुमारले बताए अनुसार, पीडित मानवताको सेवा गर्नु चिकित्सकको प्राथमिक कर्तव्य हो; तसर्थ, आफ्नो पेसागत दायित्व निर्वाह गर्नुअघि चिकित्सकहरूले सधैं मानव अधिकारका मूल्य–मान्यताहरूलाई ध्यानमा राख्नुपर्छ र यस सेवालाई अन्य सबै कुराभन्दा उच्च प्राथमिकता दिनुपर्छ ।

पद्मश्री अशोक विश्वासले चिकित्सकलाई प्रायः पृथ्वीमा देवताका रूपमा लिइने कुरा उल्लेख गर्दै भने–‘ चिकित्सकहरुले हाम्रो शारीरिक तथा मानसिक पीडा कम गर्न महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन त्यसैले उनीहरुको सम्मान गर्दै भगवानको दर्जा दिइएको हो ।,

उक्त कार्यक्रममा बोल्दै प्राध्यापक के.सी. सिन्हाले कुनै पनि राष्ट्रको विकासमा चिकित्सकहरूले महत्त्वपूर्ण योगदान पु¥याउने बताए । आफ्नो सम्बोधनका क्रममा उनले चिकित्सकहरूलाई असहायहरूलाई सम्भव भएसम्मको सहयोग उपलब्ध गराउन आग्रह गरे

वैशालीस्थित केन्ट होमियो कलेजका निर्देशक डा. जितेन्द्र कुमारले चिकित्सकहरूमा आचारसंहितासम्बन्धी बुझाइ हुनु अत्यन्त आवश्यक रहेको बताएका छन्, ताकि उनीहरूले समाज र राष्ट्रको विकासमा अतुलनीय योगदान पु¥याउन सकून् ।

मानवाधिकार टुडेका सह–सम्पादक तथा मानव अधिकारकर्मी अमित कुमार विश्वासले चिकित्सकहरूले हरेक परिस्थितिमा मानव अधिकारको सम्मान गर्नुपर्ने बताए । उनले स्वास्थ्य सेवामा सुधार ल्याउन सरकारले निरन्तर नयाँ प्रयासहरू गरिरहेको कुरा पनि उल्लेख गरे ।

डा. मधुसूदन कुमारले चिकित्सकको प्राथमिक कर्तव्य सेवा गर्नु हो र नाफा कमाउने कुरा त्यसपछि मात्र आउँछ भन्ने धारणा व्यक्त गरे । उनले मानवताको सेवा नै चिकित्सा सेवाको वास्तविक रूप हो भनेर बताए ।

डा. रितेश पाण्डेले सरकारद्वारा सञ्चालित ‘आयुष्मान कार्ड’ र ‘मुख्यमन्त्री चिकित्सा सहायता योजना’ ले धेरै खाँचोमा परेका व्यक्तिहरूका लागि राम्रो उपचारको व्यवस्था गरेको र उनीहरूका लागि वरदान सावित भएको उल्लेख गरे ।

यस समारोहमा, चिकित्सा क्षेत्रमा पु¥याएको उत्कृष्ट योगदानका लागि तेह्र जना चिकित्सकहरू—जसमा दुई वरिष्ठ चिकित्सक र एघार जना ख्यातिप्राप्त चिकित्सकहरूलाई ‘बिहार डाक्टर आइकन अवार्ड २०२६’ द्वारा सम्मानित गरियो ।

यसरी सम्मानित हुने चिकित्सकहरूमा डा.मधुसुदन सिंह, डा.मोहनिश सिन्हा, डा.रितेश पाण्डे, डा.राजा अनुराग गौतम, डा.रमाकान्त ठाकुर, डा.लवली कुमारी, डा.अपूर्व, डा.प्रीति रञ्जन, डा.आकाश गांगुली, डा.बी.के. शरण, डा अमित कुमार, डा कुमार अभिषेक र डा प्रशान्त रावत रहेका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया