समाचार सारांश
- नेपालगञ्ज उपमहानगरपालिकाले नसर्ने रोगका बिरामी बढ्दै गएपछि नेपालगञ्ज–४ स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पूर्वकर्म–पञ्चकर्म सेवा सुरु गरेको छ।
- आयुर्वेद शाखाले योग–प्राणायामसँगै यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
- उपमहानगरका अनुसार हालसम्म १५३ जनाले एक लाख रुपैयाँ उपचार सहयोग सिफारिस लिएका छन् भने दीर्घरोगीलाई मासिक पाँच हजार रुपैयाँ सहायता पनि उपलब्ध गराइँदै आएको छ।

नेपालगञ्ज : नसर्ने रोगबाट ग्रसित हुनेको संख्या दिनहु बढ्न थालेपछि नेपालगञ्ज उपमहानगरको आयुर्वेद शाखाले शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र नेपालगञ्ज–४ मा यसको निराकरणका लागि पुर्वकर्म–पञ्चकर्म सेवाको शुभारम्भ गरेको छ ।
उपमहानगरमा मृगौला, क्यान्सर, मेरुदण्ड, पक्षघात, उच्च रक्तचाप मुटुलगायतका कडा रोग लागेका विरामीले १ लाख उपचार सुविधाको सिफारिस लिन दैनिक जसो सेवाग्राहीहरुको भिड नै लाग्ने गरेको छ ।
नेपालगञ्ज उपमाहनगरका प्रमुख प्रशान्त विष्टले नगरमा नसर्ने रोगबाट ग्रसित हुनेको संख्या दिनहु बढ्न थालेपछि नेपालगञ्ज उपमहानगरको आयुर्वेद शाखा मार्फत नेपालगञ्ज –४ मा रहेको शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा यसको निराकरणका लागि पुर्वकर्म–पञ्चकर्म सेवाको शुभारम्भ गरिएको बताए ।
नेपालगञ्ज उपमहानगरपालिका वडानं. ४ का वडा अध्यक्ष गोपाल पुनले दिनहु जसो वडामा नसर्ने तथा कडा रोगको उपचार सहयोग सिफरिस लिन आउने भएकोले त्यसको निराकरणका लागि सानो प्रयास स्वरुप पुर्वकर्म–पञ्चकर्म सेवा सुरु गरिएको बताए ।

नेपालगञ्ज उपमहानगरको आयुर्वेद शाखा प्रमुख डा.सुरेश पुनले नसर्ने रोगको निराकरणका लागि आयुर्वेद शाखाले योग प्रणायमको कक्षा सञ्चालन गर्दै आएकोमा अव योग संगै पुर्वकर्म–पञ्चकर्म सेवा थप गरिएको बताए ।
नसर्ने रोगबाट ग्रसित हुनेको संख्या दिनहु बढ्न थालेको छ । नेपालगञ्ज उपमहानगर बाट मृगौला, क्यान्सर, मेरुदण्ड, पक्षघात, उच्च रक्तचाप मुटुलगायतका कडा रोग लागेका १५३ विरामीले १ लाखको उपचार सहयोग सिफारिस लिएका छन ।

त्यसैगरी पहिलो त्रैमासिकमा साउन–असोज २१९, दोस्रो कात्तिक–पुस २१४ तेस्रो माग–चैत्र २२६ र चौथो त्रैमासिक बैशाख–असारसम्म २२९ जनाले मासिक ५ हजारका दरले भुक्तानी नेपालगञ्ज उपमहानगरको स्वास्थ्य शाखाबाट लिने गरेको तथ्याङ्क छ ।

भिडियो पनि छ



हेल्थइरा । २०८३, ३ श्रावण आईतवार