रुद्र सुवेदी : रङ्गै रंङ्गको पर्व हो होली अर्थात फागु । होली बिभिन्न चाँडपर्व आफन्तलाई निकट ल्याउने एउटा माध्यम पनि हो । होलीमा एकअर्का प्रति रङ्ग लगाएर वा उमेरमा सानोले आफुभन्दा पाको उमेर अर्थात मान्यजनबाट अबिर, रंङ्ग लगाई मागेर मनाउँने परम्पररा छ । उमंगको यस पर्व भव्य रूपमा मनाउन थोरै सावधानी अपनाउ आवश्यक छ ।
होली खेल्दा त्यसको असर छाला र कपालमा पर्छ । सामान्य सावधानी अपनाइयो भने होलीको रौनक पनि रहिरहन्छ, स्वास्थ्यमा समेत कुनै असर पर्दैन । ख्याल नगरी होली खेल्दा एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छ ।
प्रायजसो होली खेल्दा डढेको मोविल, ग्रीस, ईनामेल, कुहेको अण्डा लगायतका विभिन्नखालका केमिकल रंङ्गमा मिसाएर वा अविरमा कडा खालको रंङ्ग मिसाएर होली खेल्ने परम्परा पनि रहेको छ । यसले झनै छालामा समस्या निम्त्याउने गर्छ ।
होली खेलेपछि रङ्ग र अबिरले गर्दा धेरै जस्तो व्यक्तिलाई छाला पोल्ने वा छालाको रङ्ग परिवर्तन हुने वा छाला सुख्खा हुने जस्ता समस्या देखिने गर्छ । रङ्गमा मिसिएको विभिन्न रसायनले छालाको भित्री सतहलाइ नोक्सान पु¥याउने हुँदा नेचुरल रंगले होली खेल्नका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चर्मरोग विशेषज्ञ डा. कुमार पोख्रेल सुझाव छ ।
होलीको रङ्गमा मिसावट गरिएको केमिकलका कारण छालालाई अत्यन्तै नोक्सान पुराउने जस्तै केमिकल डाई, वाइल कलर, विषाक्त पदार्थ र छालालाई नोक्सान पु¥याउने अन्य तत्व पनि हुने गरेको र यस्ता केमिकल मिसिएको रंङ्गले छाला सुक्खा बनाउने, रातो बिबिरा आउने चिलाउने जस्ता समस्या देखा पर्ने डा. पोखरेलको भनाई छ ।
उनले बजारमा पाइने धेरैजसो रङ्गमा ‘हेभी मेटल्स’, शिशाका कण र विषाक्त पदार्थ मिसिएको हुने हुँदा यो अत्यन्तै घातक हुने बताए । केहिलाई बढी रङ्गको प्रयोग गर्दा बेहोस हुने जस्ता समस्या पनि देखिन सक्छन् भने धेरे नराम्रो रङ्गको प्रयोग गर्दा स्वास्थ्यमा समस्या समेत निम्तिन सक्ने उनी बताउँदै उनले लामो कपडा लगाएर होली खेल्ने, शरिरमा मोईश्चराईजिङ्ग क्रिम वा नरिवलको तेल लगाएर खेल्दा उत्तम हुने बताए ।
कसरी खेल्ने त होली ?
हानीकारक रंङ्गबाट जोगिन होली खेल्नु अघि शरीर भरि नरिवलको तेल वा मोइस्चराइजर लगाउनु राम्रो विकल्प हो । यसो गर्दा रंग छालाभित्र जान पाउँदैन । कपालमा तेल दल्दा र नङ काटेर पालिस लगाउँदा पनि कुनै न कुनै नोक्सानीबाट बच्न सकिने उनको सुझाव छ । पानी, रंग र घाम एकैपटक पर्दा यसले छालालाई असरगर्ने हुँदा यी तीन चिज एकैपटक नपर्ने गरी होली खेल्न डा. पोखरेलको सुझाव छ ।
उनले होली खेल दलिएको रंङ्गका कारण हुने जलनबाट जोगिनको लागि होली खेलिसकेपछि मोइस्चराइजर लगाए जलनबाट जोगिन सकिने बताए । ‘रंङ्ग खेलिसकेपछि शरीर मजाले धोईपखाली गरेर मोइस्चराइजर लगाउँदा छालाको सुक्खापन पनि हट्छ’–उनले भने ।
छालामा एलर्जी भएको, वा बढी छाला सेन्सेटिभ र सुक्खा हुने व्यक्तिले होली खेल्न नहुने उनको भनाई छ । होली खेलीसकेपछि आधाघण्टा भन्दा धेरै बेरसम्म अनुहारमा राख्न नहुने उनी बताउँछन् । प्रायजसो अर्गानिक रुपमा पाईने रंङ्गहरु प्रयोग गरेमा छालामा समस्या कम हुने उनको सुझाव छ ।
हेल्थइरा । २०८०, १० चैत्र शनिबार