औषत उमेर भन्दा पहलिा नै महिनावारी सुकेका महिलालाई डा. घोषको सुझाव भिडियोसहित

रुद्र सुवेदी : औषत उमेर भन्दा पहिला अर्थात महिलाहरुमा कम उमेर मै महिनावारी सुक्दै जाने समस्या देखिएमा यो डिम्बासयले कामगर्न छाडेपछि देखिने समस्या भएको र यो बढ्दो क्रममा रहेको पाईएको छ ।

डिम्बासयले कागगर्न औषत उमेरमै छाड्ने समस्याका बारेमा सुशील कोईराला प्रखर क्यान्सर अस्पतालका बरिष्ठ स्त्री क्यान्सर रोग विषेशज्ञ डा.ईन्द्रनिल घोषले दक्षिण एसियाली देशका महिलाहरुमा महिनावारी सुक्ने औसत उमेर भनेको ४६ वर्ष भएको तर, कुनै कुनै महिलाहरूमा ४० वर्षभन्दा अघिअघि नै महिनावारी सुक्ने समस्याहरु देखा पर्ने गरेको बताए ।

उनी भन्छन–‘दक्षिण एशियाली महिलाहरुमा मासिक धर्म अर्थात महिनावारी सक्ने सरदर उमेर ४६ वर्षलाई मानेको छ । तर, आजकल ४० वर्षमै वा सो भन्दा मुनीका महिलाहरुमा यो समस्या देखिएको छ ।’

डिम्बासयले बच्चा पाउने भन्दा पनि अरु पनि धेरै उपयोगिताहरु छन् जस्तै डिम्बासयले इस्ट्रोजेन प्रोजेस्ट्रन भन्ने हर्मोनहरु उत्पादन गर्ने र यी हर्मोनले समग्र रुपमा हाम्रो मानसिक तथा शारीरिक जुन स्वास्थ्यलाई राम्रो स्थितिमा राख्ने काम गर्छ ।

यदी यी हार्मोनहरु शरिरमा नभएमा महिलाहरुमा धेरै कमजोरी हुँदै जाने हुन्छ । जस्तै हड्डी कम्जोर हुँदै जाने हातखुट्टा झमझमाउने, पोल्ने, शरिर तातो भएर आउने, गर्मीहुने, राती निद्रा नलाग्ने, छिटो रिसाउने जस्ता समस्या देखिन्छन ।

अर्कोतिर डिम्बासयले काम गरेन वा हर्मोनहरु बनाएन भने महिलाहरूमा यौन चाहना पनि कम हुँदै जान्छ । यसले गर्दा महिलाहरूको जुन शारीरिक र मानसिक हेल्थ तथा महिलाहरूको आफ्नो पार्टनरसितको सम्बन्धमा पनि असर पर्दछ ।

त्यसै पनि डिम्बासयको जनरल हेल्थ राम्रो राख्न एकदमै आवश्यक छ । प्राय जसो ४० वर्ष अगाडि महिनावरी सुकेको महिलाहरुमा डिम्बासयले कामगर्न छोडेपछि मात्र माथी उल्लेख गरिएका समस्या देखापर्ने हुन्छन । यदी ४० वर्ष अघि नै महनावरी सुकेको छ भने आफ्नो नजिकको स्त्रीरोग विषेशज्ञ डक्टरको परामर्श लिनु आवश्यक हुने डा. घोषको सल्लाह छ ।

‘नियमित चेकजाँच गराई आफ्नो डिम्बासय स्टाटसको बारेमा जानकारी लिएर डिम्बासय रिप्लेसमेन्ट थेरापी लिन पर्ने हुन्छ । तर थेरापी लिदा चिकित्सकको सल्लाहमा वा निगरानीमा मात्र लिनुहोस । किनकी थेरापी लिदा कुनै जटिलता हुनसक्छ ।’ उनले आफ्नो स्वास्थ्य परिक्षण गराई थेरापी लिएर उपचार गरेमा समस्या समाधान हुने डा. घोष बताउछन ।

( डा.ईन्द्रनिल घोष बरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ हुन । उनी सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा र कान्ति आरोग्य अस्पताल धम्बोझीचोक नजिक, नेपालगञ्जमा भेटिन्छन ) ।




फेसबुकबाट तपाईको प्रतिक्रिया