नेपालगञ्ज : मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो आँखा । त्यसैले आँखाको हेरचाह गर्नु अत्यन्त जरुरी हुन्छ ।
बढी उज्ज्यालो रोशनीमा बसेर लामो समय काम गर्दा, उज्यालो स्क्रिन बढी हेर्दा पनि आँखा कमजोर हुन्छ । दिनभरि कम्प्युटरमा बस्नेहरूले आँखाका कारण विभिन्न समस्या भोग्नु पर्दछ । यस्तोमा घरेलु उपचारमार्फत आँखाको तेज बढाउन सकिन्छ ।
– काम गर्दागर्दै आँखालाई केहीबेर आराम दिने । अर्थात लामो समय एकोहोरो एकै ठाँउमा नजर गाडेर नबस्ने
– दुवै हत्केला रगडेर तातो बनाई आफ्ना आँखा छोप्दा आँखाका मांसपेशीले आराम पाउँछ ।
– गाजर, सुन्तला, मौसम जस्ता भिटामिन ए भरपुर भएका पहेँला फलफूल खाने ।
–दैनिक पैताला र खुट्टाका औँलामा सर्स्युँको तेलले मालिस गर्दा पनि आँखाको तेज बढ्छ ।
–पालुङ्गोको साग र गाजरको जुसले पनि आँखा मजबुत बनाउँछ ।
– राति सुत्नुअघि दूधमा अलैँची पिसेर अलिकति हालेर पिउँदा आँखा स्वस्थ हुन्छ ।
आँखामा समस्या आउने वित्तिकै माथीका घरेलु उपायमा अपनाउदै आँखाको विज्ञलाई आँखा जाँच गराउन उपयोगी हुन्छ ।
हेल्थइरा । २०८१, १३ जेष्ठ आईतवार