नेपालगञ्ज : नेपालगञ्ज वडा नं १ को आर्थिक सहयोग तथा नेपाल परिवार नियोजन संघ बाँकेको आर्थिक सहयोगमा वडाका गृहणी महिलालाई लक्षित गरी दुई दिने निशुल्क पाठेघरको मुखको क्यान्सरको परिक्षण तथा लामो अवधीको परिवार नियोजनको साधन शिविर सञ्चालन गरिएको छ ।
वडा न. १ का वडा अध्यक्ष प्रमोद रिजालले उद्घाटन गरेको सो कार्यक्रममा २०४ जना महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको थियो । सो परिक्षणमा सबैको रिपोट नेगेटिभ आएको संघका निमित्त प्रवन्धक रश्मि श्रेष्ठले जानकारी दिईन ।
सो शिविरमा १० जनाले अस्थायी परिवार नियोजनको साधन ईम्प्लान्ट र ७ जनाले आईयुसिडी राखेका छन् । शिविरमा आएका अधिकांशमा एसटिआई समस्या रहेको साथै २ जनामा बाँझोपनको समस्या देखिएको उनले बताईन ।
हेल्थइरा । २०८१, १३ जेष्ठ आईतवार