बिहान खालीपेटमा मनतातो पानी पिउनुका फाईदाहरु

नेपालगञ्ज :  बिहान खाली पेटमा मनतातो पानी पिउनु फाईदाजनक हुन्छ । विहान पिउने पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानिको निर्धारण गर्दछ । पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन् ।

शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ । तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ । बिहान उठेपछि खाली पेटमा मनतातो पानी पिउनु शरीरका लागि निकै फाइदाजनक मानिन्छ ।

उम्लेको पानी मनतातो भएर सेलाएपछि पिउनु स्वास्थ्यका लागि लाभदायक हुने अनुसन्धानले देखाएको छ ।

बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा यसप्रकार छन

– पेट दुख्ने समस्याबाट छुटकारा पाउन मद्दत मिल्नुका साथै यसले श्वासको दुर्गन्ध र अन्य ब्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ ।

– शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ ।

– कब्जियतबाट छुटकारा मिल्छ । पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ ।

– भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनाले भोक जगाउँछ ।

– छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउदा फाईदा गर्छ । चियाकफीको साटो ग्रीन टी पिउदा उत्तम हुन्छ । यसले छाला चम्किलो बनाउने र शरीरको तौल कम गर्न पनि मद्दत गर्छ ।

यदी तपाईमा कुनै समस्या छ, वा समस्या भएमा विज्ञलाई सम्पर्क गर्न अनुरोध छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया