भेरी अस्पताल नेपालगञ्जको मेसुमा डा थापा नियुक्त

नेपालगञ्ज  : भेरी अस्पताल नेपालगञ्जको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.प्रकाश थापालाई दिइएको छ ।

अस्पतालका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा थापा दशौं तहका चिकित्सक समेत रहेका उनले यसअघि दुई पटक मेसुको जिम्मेवारी सम्हाली सकेका छन् ।

कोरोना कहरको बेलामा उनको व्यवस्थापकिय कौशलताले कोरना कालमा अस्पतालमा आउने बिरामीको उपचार तथा व्यवस्थापनमा निर्वाह गरेको भूमिकाको प्रशंसा हुँदै आएको छ ।

अस्पतालमा यसअघि प्रमुख मेसु डा.पवनजंग रायमाझी रहेका थिए । उनको केही महिना अघि सरुवा भए पनि स्वास्थ्य मन्त्रालयले पुनः भेरीमै पुनस्थापना गरेको थियो ।

पश्चिम नेपालको पुरानो र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विरामीको भरपर्दो उपचारको लागि गन्तब्य बनेको भेरी अस्पतालबाट हुने सेवा प्रवाहमा कुनै पनि कसर नछोडिने डा थापाको भनाई छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया