नेपाली भान्सा : घरेलु ओषधि उपचारको भण्डार !

 

नेपालगञ्ज :  हामी नेपालीले आफ्नो भान्सामा प्रयोग हुने मरमसलाको उचित प्रयोग गर्न जानियो भने सानोतिनो स्वास्थ्य समस्याका लागि अस्पताल धाउन र औषधि सेवन गर्नु पर्दैन ।

हरेक नेपालीको भान्सामा हुने यी मरसलाहरु जस्तै बेसार, अदुवा, लुसन, जिरा, ज्वानो, मेथी, तेजपत्ता, ल्वाङ, सुकुमेल र धेरैजसोको बगैंचामा हुने घिउकुमारी, तुलसी, पुदिना वास्तवमा यी सबैकुरा औषधीय गुणले भरिपूर्ण हुने हुँदा यीनको सहि उपयोग गर्नमात्र सके धेरै विमारी निको पार्न मद्दत पुग्छ ।

यी मध्ेय कै मरमसलाको प्रयोगले सामान्य ज्वरो, रुघाखोकीदेखि पेट दुखेको, जोर्नी दुखेको, घाउ खटिरा आएको, अपचभएको सबै अवस्थामा यसैलाई औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । आफ्नो भान्सामा उपलब्ध सामग्रीको प्रयोग गर्न जानियो भने सानोतिनो स्वास्थ्य समस्याका लागि अस्पताल धाउनु पर्दैन ।

भान्साका यी औषधिहरु प्रयोग गर्न पनि सजिलो हुन्छ । जताततै उपलब्ध हुन्छ । यसको अर्को फाइदा भनेको शरीरलाई नकारात्मक असर गर्दैन । बिना साइड इफेक्ट विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।

धेरै नेपालीलाई हुने समस्या हो, ग्याष्ट्रिक । ग्याष्ट्रिक भएमा अदुवाको सेवन उपयोगी हुन्छ । अदुवामा एन्टी इन्फलेमेटरी गुण हुन्छ, जसको कारण यसले शरीरमा पाचक रस उत्पादन बढाउँछ । पाचक रस बढेपछि खानेकुरा पचाउन सजिलो हुन्छ । साथै शरीर भित्रको ग्याँस पनि बाहिर निस्कन्छ । अदुवालाई स–सना टुक्रा बनाएर वा पानीमा उमालेर खान सकिन्छ ।

पेटको समस्या वा ग्याष्ट्रिकमा ज्वानो पनि निकै उपयोगी हुन्छ । ज्वानोको दानालाई चपाएर वा पानीमा उमालेर सेवन गर्न सकिन्छ । पुदिना पेटको लागि धेरै गुणकारी वनस्पति हो । त्यसो त पुदिनाको अचार पनि स्वादिलो हुन्छ । पुदिनालाई अचारकै रुपमा वा त्यसै पनि सेवन गर्न सकिन्छ ।

हाम्रो घरको गमला तथा बगैचामा सजिलै घिउकुमारी अर्थात एलोभेरालाई स्वास्थ्य र सौन्दर्य दुबैका लागि उपयोगी मानिन्छ । पेटको स्वास्थ्यका लागि घिउकुमारीको जुस बनाएर सेवन गर्न सकिन्छ । यसले छाला तथा कपालको चमक पनि ल्याउँछ ।

कहिलेकाहीं मुख भित्र घाउ, खटिरा आउन सक्छ । यस्तो समस्यामा फिटकिरी उपयोगी हुन्छ । त्यसैगरी नुनपानीले कुल्ला गर्नुपर्छ । यसले दुखाई कम गर्नका साथै घाउ निको पनि हुन्छ । मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्नुपर्छ ।

(माथी उल्लेख भएका कुराहरु हामै्र भान्सामा पाईने मसलाबाट गरिने सामान्य उपचार बिधी हुन भने गम्भीर समस्यामा रहेकाले नियमित विज्ञ चिकित्सकको सुझाव अनुसार उपचार विधि अपनाउन उत्तम मानिन्छ ।) 




फेसबुकबाट तपाईको प्रतिक्रिया