नेपाल क्षयरोग निवारण संस्था बाँकेमा भण्डारी

नेपालगञ्ज : नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको शनिबार सम्पन्न २८औं जिल्ला सभा तथा  अधिबेशनबाट  नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले जनकराम भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

संस्थाको कार्यसमितिको उपाध्यक्षमा रचना श्रेष्ठ, सचिव बसन्त लामिछाने, कोषाध्यक्षमा श्यामसुन्दर अधिकारी, सह–सचिवमा सन्ध्या शर्मा, सदस्यहरुमा शीला शाह, पूर्णलाल चुके, सुश्री ज्ञानु श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रहलाद बिश्वकर्मा, र प्रशान्त श्रेष्ठ चयन भएका छन् ।

यसैगरी संस्थाको स्वास्थ्य विशेषज्ञ सेमराज शाक्य, निवर्तमान अध्यक्ष बद्रुद्दिन अन्सारी,सल्लाहकारमा सुश्री शान्ति श्रेष्ठ, डा. ज्ञानकुमार वर्मा, डा. सुभाष योगी, सुन्दरलाल शाक्य, डा. बिजय प्रधान चयन भएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया