कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा लेजर प्रविधिबाट शल्यक्रिया सेवा सुरु

नेपालगञ्ज : नेपालगञ्जको धम्बोझी चोक नजिकै रहेको कान्ति आरोग्य अस्पताल नेपालगञ्जले पश्चिम नेपालमै पहिलो पटक लेजर प्रबिधिबाट शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ ।

कान्ति आरोग्य अस्पतालका बरिष्ठ ल्योस्कोपिक सर्जन डा. विजय उपाध्यायले पश्चिम नेपालमै पहिलो पटक कान्ति आरोग्य अस्पतालमा लेजर प्रविधिबाट शल्यक्रिया गर्ने पद्धती भिल्याई सेवा समेत सुरुवात गरेको जानकारी दिए ।

उनले लेजर प्रविधिबाट पायल्स, फिसर, फिस्टुला, पाईलो निडल साईनस साथै डायविटिक फुटको विरामीको उपचारमा लेजर प्रविधिबाट शल्यक्रिया गर्न सहज हुने र यसको नतिजा पनि करिब शतप्रतिशत सक्सेस रहेको बताए ।

उनले कान्ति आरोग्य अस्पतालमा शुक्रबार दुईजना विरामीलाई पायल्स, फिष्टुला र फिसरको अपरेशन गरी सेवा प्रवाह गरेको जानकारी दिए । लेजर प्रविधिबाट शल्यक्रिया गर्दा विरामीलाई चिर्नु पर्दैन र लेजरको मद्दले सेवा प्रवाह गर्ने गरिन्छ ।

लेजर प्रविधि काठमाण्डौ, पोखरा र चितवनमा मात्र सञ्चालनमा रहेको छ । पश्चिम नेपालमा पहिलोपटक कान्ति आरोग्य अस्पताल नेपालगञ्जले सञ्चालन गरेको हो ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया