नेपालगञ्ज : ११४ औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर लायन्स क्लव अफ नेपालगञ्ज भेरीको आयोजना तथा डेभलपमेन्ट फर नेपाल, कान्ति आरोग्य अस्पताल नेपालगञ्ज, सहकार्यमा निशुल्क पाठेघरको मुखको क्यान्सरको जाँच तथा बालबालिकाको स्वास्थ्य परिक्षण शिविरको आयोजना गरिएको छ ।
महिला र बालबालिकालाई लक्षित गरी नेपालगञ्ज उपमहानगरपालिका वडानं. २१ को पुरैनीमा आयोजित सो एकदिने निशुल्क शिविरमा कान्ति आरोग्य अस्पतालका बरिष्ठ वालरोग विषेशज्ञ डा रोमा बोरा, बरिष्ठ स्त्रीरोग विषेशज्ञहरु डा कमर जहाँ र फरहात बानोलगायतले जाँच गरेका थिए ।
सो शिविरमा ५० जना महिला र ४० जना बालबालिकाले सेवा लिएको लायन्स क्लव अफ नेपालगञ्जका सावित्रा बस्नेतले जानकारी दिईन । शिविरमा महिलाको जाँचको नमुना संकलन गरेर लगिएको केही समयपछि मात्र नतिजा आउने बताईएको छ ।
हेल्थइरा । २०८०, १९ फाल्गुन शनिबार