नेपालगञ्ज : योग समिति नेपालले नेपालगञ्जको मुटु मानिने त्रिभुवनचोकको पूर्वस्थित महाकाली मन्दिर परिसरमा विशेष महिलाहरूलाई लक्षित गरी ३९औं योग केन्द्रको शुभारम्भ गरेको छ ।
योग समित नेपालका परिकल्पनाकार एवं योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सम्पूर्ण योग साधकहरुलाई हार्दिक स्वागत संस्थापक सल्लाहकार नन्दलाल बैस्यले गरेका थिए । कार्यक्रममा केन्द्रको उद्देश्य र भावी कार्यदिशाबारे ३९औं योग केन्द्रकी संयोजक प्रशिक्षक संगीता बैस्यले प्रकाश पारिन।
कार्यक्रममा योग समिति नेपालका कलाकार गायक चक्र मल्लले सन्देशमूलक सांगीतिक प्रस्तुति दिएका थिए । समाजसेवि आजीवन सदस्य धु्ब कुमार बैस्यले शुभकामना मन्तव्य दिएकोको थियो । कार्यक्रमको औपचारिक उद्घाटन योग समिति नेपालका परिकल्पनाकार योगगुरु तथा आयुर्वेदाचार्य गिरिराज भट्टराईको मार्गदर्शनमा, सल्लाहकार तथा केन्द्रिय पदाधिकारीहरूको सामूहिक उपस्थिति बीच सम्पन्न भएको थियो ।
कार्यक्रमको विशेष आकर्षण योगगुरुको प्रेरणादायी सम्बोधन, योग आसन, सुस्म क्रिया, ध्यान र प्राथनात्मक अभ्यास रहेको थियो । योगगुरुले आहार–विहार, जीवनशैली सुधार, शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक सन्तुलन एवं आत्मा–मन–विचार शुद्धिकरणमार्फत स्थायी स्वास्थ्यको संदेश दिएका थिए । कार्यक्रमको सञ्चालन योग समिति नेपालका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए ।
सोही अवसरमा महाकाली मन्दिर योग व्यवस्थापन समिति समेत गठन गरिएको छ मार्गनिर्देशक योगगुरु, प्रमुख संयोजक संगीता बैस्य, संयोजक प्रिया बैस्य, सह–संयोजकः ज्योति बैस्य, सदस्यहरूः सन्ध्या बैस्य, रेखा बैस्य, आरधना बैस्य, मिरा केशरवाल सल्लाहकार लक्ष्मी बैस्य, गीता बैस्य संरक्षक नन्दलाल बैस्य र धु्र्वकुमार बैस्य रहेको योग समिति नेपालका उपाध्यक्ष लोकमाया सुवदीले बताईन । योग समिति नेपालले सम्पूर्ण सदस्य, शुभचिन्तक तथा सहभागीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।
सो अवसरमा योग समिति नेपालका केन्द्रीय सल्लाहकारद्वय, केन्द्रिय समितिका पदाधिकारीहरू निर्मला शाह, लोकमाया सुवेदी, अम्बिका कोइराला, टंक पौडेल, मन्दरा शर्मा, झबी शर्मा, प्रेम केसी, दिपक थापा, प्रमोद अग्रवाल, सबिता शर्मा, अधिवक्ता बसन्त गौतम, योग प्रशिक्षक, आजीवन सदस्य, साधारण सदस्य, बैस्य समाजका अध्यक्ष, उपाध्यक्ष, महासचिव, समाजसेवी, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
हेल्थइरा । २०८२, ४ जेष्ठ शनिबार