नेपालगञ्ज : सानो बच्चा एक्कासी रुन लाग्दा अभिभावकहरु आफ्नो बच्चा किन रुन थाल्यो भनेर चिन्तित हुँदै नजिकैको अस्पताल तथा बालरोग विषेशज्ञ कहाँ लैजाने गर्छन । यो स्वभाविक पनि हो हरेक अभिभावकलाई आफ्नो सन्ततिको स्वास्थ्यको ख्याल हुन्छ ।
बच्चाहरुको पेटमा उनीहरुले स्तनपान गरेपछि ग्याँस उत्पन्न हुने र त्यो ग्याँसका कारण उनीहरुको पेटमा उल्झन भई दुखाई हुने हुँदा बच्चाहरु रुन थाल्ने गरेको बरिष्ठ बालरोग विषशज्ञ डा. रोमा बोरा बताउछिन ।
बच्चाहरुमा यस्तो समस्या आउदा चिकित्सकले उनीहरुको पेटमा ग्याँस उत्पन्न नहुने औषधि दिए पनि सकेसम्म आमाले आफ्नो बच्चालाई स्तनपान गराएपछि नियमित रुपमा आफ्नो काँधमा फोटोमा देखिए जस्तै राखेर विस्तारै धापमारेमा यो समस्याको निराकरण हुने डा. बोराको सल्लाह छ ।
यो क्रम बच्चाले डकार नगर्दासम्म जारी राख्नु पर्छ । डा. बोरा भन्छिन–‘प्राय आमाको दुध चुसेपछि वा बच्चाले दुध खाएपछि उनीहरुको पेटमा ग्याँस उत्पन्न हुन्छ र त्य ग्याँसले बच्चाको पेटमा उल्झन उत्पन्न गराई दुखाईमा बदल्ने हुँदा बच्चा रुने गर्छन ।’
उनले अगाडी थपिन–‘आमाले दुध खुवाएपछि आफ्नो काँधमा राखेर बच्चाको ढाडमा बच्चाले डकार नगर्दासम्म धाप मार्ने गर्नुपर्छ । कहिलेकाही बच्चाले अलि चाँडै पनि डकार गर्छ भने कहिले अलि ढिलो पनि हुनसक्छ । बच्चाको उमेर बढ्दै जाँदा यो समस्या आफ्र समाधान हुन्छ । बच्चा रुन नछोडे नजिकको स्वास्थ्य संस्था वा बालरोग विषेशज्ञलाई देखाउनु पर्छ ।’
(डा. रोमा बोरा बरिष्ठ बालरोग विषेशज्ञ हुन । उनलाई कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भेट्न सकिन्छ ।)
हेल्थइरा । २०८०, २० फाल्गुन आईतवार