स्वास्थ्य विमामा आबद्ध बीमितले साउनदेखि जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्न सक्ने


काठमाडौ  : स्वास्थ्य  विमामा आबद्ध बीमितले साउन १ गतेदेखि  जुनसुकै  सेवा  प्रदायक स्वास्थ्य संस्थाबाट सेवा  प्राप्त गर्न  सक्ने  भएका छन् । बीमितबाट सेवा प्राप्त गर्न समस्या भएको गुनासो आएकोले सहज र सरल रूपमा सेवा प्रदान गर्न स्वास्थ्य बिमा बोर्डले यस्तो निर्णय गरेको हो ।

बोर्डले आर्थिक वर्ष २०८२÷८३ को सुरुवातसँगै साउन १ गतेदेखि लागु हुने गरी स्वास्थ्य प्रथम सेवा विन्दुको रूपमा काम गर्ने गरी अनुमति प्राप्त गरेका जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बिमितले सेवा प्राप्त गर्न सक्ने निर्णय भएको छ ।

विगतमा बीमितले तोकिएको एक मात्र प्रथम सेवा विन्दुबाट सेवा लिनुपर्ने बाध्यता थियो । स्वास्थ्य बिमा ऐन, २०७४ तथा नियमावाली, २०७५ मा भएको संसोधन भएसँगै बीमितले जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्न सक्ने भएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया