सरकारी अस्पतालमा पनि ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द हुने

नेपालगञ्ज : बालेन नेतृत्वको सरकारले सातामा दुईदिन बिदा दिने सरकारी निर्णय गरेपछि यो सुबिधाका कारण अब सरकारी अस्पतालमा पनि ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालको ओपीडी सेवा सनिवार र आइतबार दुवै दिन बन्द गर्ने निर्णयलाई निरन्तरता दिने भएको छ ।

यसअघि मन्त्रालयले अस्पतालमा २ दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै अस्पतालहरुलाई आइतबार पनि ओपीडी खुला गर्न आग्रह गरेको थियो ।

मन्त्रालयको आग्रहपछि पनि अन्य क्षेत्रमा विदा दिएर आइतवार ओपिडी सेवा संचालन गर्दा अस्पतामा विरामीको चाप बढी हुने भन्दै चिकित्सक संघले आइतबार ओपीडी खोल्न नसक्ने स्पष्ट पारेको थियो ।

चिकित्सकहरुले सरकारले आइतबार ओपिडी खोल्न निर्देशन दिएपनि त्यसलाई अवज्ञा गर्दै आएका थिए । चिकित्सकले विरोध जारी राखेपछि सरकारी अस्पतालहरुमा फेरि आइतबार बिदा कायम गरेको हो ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनसँगै स्वास्थ्य सेवामा कुनै अवरोध नहुने उल्लेख गरेको छ ।

मन्त्रालयले अस्पतालहरूमा बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न २४ सै घण्टा आकस्मिक तथा अन्तरंग सेवा यथावत सञ्चालन रहने जनाएको छ ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया