
कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले करिव १ करोडको लागतमा पार्किङ्ग स्टल निमाण गरि निशुल्क सञ्चालनमा ल्याएको छ ।
शिक्षण अस्पतालको जताततै राखिने एम्बुलेन्स तथा अस्पतालमा उपचारको लागि आउने विरामी चढेर आएको सवारी साधन लगायतका सवारीसाधनलाई व्यवस्थित गर्न अत्याधुनिक पार्किङ स्थल निर्माण गरेर निशुल्क सञ्चालनमा ल्याएको हो ।
सो पार्किङ्गमा एक सय वटा एम्बुलेन्स, तीन सय मोटरसाइकल र ५० जति अन्य गाडी राख्न सकिने छ । यसअघि पार्किङका विषयमा बेलाबेलामा विवाद र चरम असुलीको आरोप लाग्ने गरेपछि अहिले उक्त समस्या समाधानका लागि अस्पतलले पार्किङ स्थल निर्माण गरि निशुल्क सञ्चालन गरिएको अस्पतालका प्रसाशन प्रमुह रामकृष्ण हमालले जनाकारी दिए ।

नव निर्मित पार्किङ्ग स्टलको शिक्षण अस्पतालका सिईओ सन्तोषकुमार बिएमले गरेका थिए । अस्पतालका निर्देशक प्रा डा रेशमबहदुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासन प्रमुख सञ्जय पन्तले गरेका थिए भने कार्यक्रमका उद्देश्य माथी प्रकाश अस्पतालकी मेट्रोन ललिता शर्माले गरेकी थिईन ।
सो पाकिङ्ग स्टल निमार्ण भएपनि अस्तालमा उपचार आउने विरामीका वा विरामी लिएर आउने सवारी साधन सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरीएको छ ।



हेल्थइरा । २०८३, १४ बैशाख सोमबार