
नेपालगञ्ज : बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले बालबालिकाको सार्वाङ्णि विकास र रोगप्रतिरोधात्मक क्षमता बृद्धिका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम आजदेखि पुष्य नक्षत्रको दिनपारेर सञ्चालन गरेको छ ।
प्रत्येक महिनाको पुष्य नक्षत्रको दिनमा छ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाईने र यो एक प्रकारको आयुर्वेदीक खोप कार्यक्रम हो । यो कार्यक्रम आयुर्वेद माफर्त २५ जिल्लामा संघिय सरकार र लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटैजिल्लामा सुरु गरेको हो ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले बालबालिकाको सार्वाङ्णि विकास र रोगप्रतिरोधात्मक क्षमता बृद्धिका लागि प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन पारेर स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा आलोक कुमार पाण्डेयले जानकारी दिए ।
यो कार्याक्रक जिल्ला समन्वय समिति बाँकेको संयोजक ज्ञानेन्द्र कुमार चौधरीले बालबलिकालाई स्वर्णविन्दु प्राशन खुवाई उद्घाटन गरेका थिए । सुनको भस्मलाई औषधिय गुणभएको घीउ र महमा मिसाएर यो खोप तयार गरी ड्रपरबाट उमेर अनुसार थोपामा खुवाउने गरिन्छ ।
बाँकेमा आजबाट सुरु गरिएको स्वर्णविन्दु प्राशन १ सय ८ बालबालिकाले सो खोप खाएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका सुचना अधिकृत डा गिता रेग्मीले जनकारी दिईन ।




हेल्थइरा । २०८३, १० बैशाख बिहीबार