बाँकेमा वार्षिक ३४ लाखबढीको खोप नलगाएरै खेर जाँदै

नेपालगञ्ज : बाँकेमा वार्षिक रुपमा लाखौको खोप खेर जाने गरेको पाईएको छ । खोप लगाउनु पर्नेले खोप लगाउन नपाएर भन्दा पनि खोपको डोज र खोप लगाउने बीचको संख्या अपुग भएरको कारणले खोप खेर जाने गरेको हो ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले बाँकेमा करिव ३४ लाख मूल्य बराबरको बिभिन्न प्रकारको खोप वर्षेनी खेरजाने गरेको बताए ।

उनले भने–‘खोप लगाउने सेवाग्राही १–२ हुन्छन आएपछि सेवा दिनै पर्यो, खोपको डोज थोरै भनेको १० जनाको हुन्छ । एकपटक खोलेपछि ६ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ । त्यो पनि कोल्ड मेन्टेन गरेर ।’

उनले शहरी क्षेत्र नेपालगञ्ज, कोहलपुर जस्ता ठाउँमा खोप लगाउन पर्ने संख्या पुगे पनि ग्रामिण क्षेत्रमा खोप लगाउनेको संख्या अत्यन्त कम हुँदा खोलेको खोप लगाउने नभएरै खेर जाने बताए ।

यसैबीच बाँकेमा दादुरा–रुवेला खोप अभियान सञ्चालनमा ल्याईएको छ । बाँकेका ९ महिनादेखि १५ वर्ष उमेर समुहका १ लाख ६५ हजार ५ सय ६६ बालबालिकालाई दादुरा–रुबेला बिरुद्धको खोप लगाउने लक्ष रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया