नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालनमा रहेको कान्ति आरोग्य हस्पिटल प्रालिले पाँच वर्षअघि स्थापना भए पनि विगत दुई वर्षयता २४ सैं घण्टा इमर्जेन्सी सेवा सहित विभिन्न सेवा प्रवाह गर्दै आएको छ ।
अपरेशनको क्षेत्रमा नयाँ प्रविधि दुरवीन प्रविधिद्वारा पित्त थैली, पाठेघर, अपेन्डिक्स, हर्नियाको शल्यक्रिया साथै हाइड्रोसिल, पाइल्स, फिस्टुला तथा शरीरमा विभिन्न भागको गाठागुठीको चेकजाँचको साथै अप्रेशन सुविधा भएको अस्पताल हो कान्ति आरोग्य ।
नेपालगञ्जको धम्बोझी चोकदेखि २ सय मिटर दक्षिणमा रहेको सो अस्पतालमा मृगौला तथा मुत्र नली सम्बन्धी शल्यक्रिया, मुटु, फोक्सो, रक्तनली, खानेनली तथा स्तन क्यान्सर सम्बन्धी विशेषज्ञ तथा शल्यक्रिया हुने गरेको छ ।
कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा स्त्रीरोग विशेषज्ञ, स्त्री क्यान्सर रोग विशेषज्ञ, सिजिरियन लगायत स्त्रीरोग सम्बन्धी सम्पूर्ण शल्यक्रिया हुने गरेको छ ।
अनुभवी नवजात शिशु तथा बालरोग विशेषज्ञद्वारा बाबालिकाको स्वास्थ्य जाँच हुने गरेको छ । अस्पतालमा फिजिसियन जनरल मेडिसिन, सुगर, ब्लड प्रेशर, मुटुरोग, पेट, छाती, कलेजो रोग सम्बन्धी सम्पूर्ण उपचार जाँच हुने गरेको छ । पश्चिम क्षेत्रमै वर्निङ्ग वार्ड सञ्चालनमा ल्याएको छ । आगो तथा विभिन्न कारणले जलनको समस्यामा परेका विरामीले स्वास्थ्य उपचारको लाभ उठाउन पाएका छन् ।
यसैगरी हाडजोर्नी, नशा, बाथरोग विशेषज्ञ तथा सबै किसिमको फ्याक्चर र हाडजोर्नीको शल्यक्रिया, नाक, कान, घाँटी रोग विशेषज्ञ र सम्पूर्ण शल्यक्रिया छाला रोग विशेषज्ञ तथा मानसिक रोग विशेषज्ञद्वारा सेवा प्रवाह हुदै आएको छ ।
अस्पतालमा नवजात शिशु तथा बाल शल्यक्रिया, लेजर पद्धतिद्वारा पाइल्स, फिस्टुला, फिशरको शल्यक्रियाका लागि आफ्नो गुणस्तरिय सेवा प्रवाह गर्दै आएको छ । लेजर प्रविधि भित्र्याउने पहिलो अस्पतालको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।
एक्सरे, सबै प्रकारको भिडियो एक्सरे, एनआईसियु, पिआईसियु, आईसियु, सेवा, बालबालिका तथा बयस्कहरुका लागि सबै प्रकारको खोप, आईसियु सहितको एम्बुलेन्स सेवा अस्पतालले सञ्चालन गदै आएको छ । यसका अलवा अस्पतालले विभिन्न समयमा विभिन्न खालका स्वास्थ्य शिविर गर्दै आएको अस्पतालका सञ्चालक डा. रोमा बोराले जानकारी दिईन ।
हेल्थइरा । २०८०, ६ चैत्र मंगलवार