लाईभ सर्जरी गरी भेरी अस्पतालको अत्याधुनिक शल्यक्रिया कक्षको उद्घाटन (फोटो कथा सहित)

नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालको नवनिर्मित भवनमा रहेको नयाँ अत्याधुनिक शल्यक्रिया कक्षको ‘लाईभ सजरी’ गरेर उद्घाटन गरिएको छ ।

भेरी अस्पताल र आर्थोस्कोपी सोसाईटी अफ नेपाल (एएसओएन) संगको सहकार्यमा अस्पतालमा पहिलो पटक आयोजना गरिएको आर्थोस्कोपी कार्यशालामा सो शल्यक्रिया कक्षको उद्घाटन गरिएको हो ।

बि एण्ड बि अस्पताल ललितपुर ग्वार्कोमा कार्यरत आर्थोस्कोपी सर्जन प्रोफेसर डा. अमित जोशीले लाइभ सर्जरी गरेर सो शल्यक्रिया कक्षको उद्घाटन गरेका हुन् । सो कार्यशालामा देशभरका आर्थोस्कोपी र आर्थोपेडिक सर्जन गरी ७० बढी चिकित्सकहरु सहभागी छन् ।  शब्द तस्वीर / रुद्र सुवेदी 

 




फेसबुकबाट तपाईको प्रतिक्रिया