नेपालगञ्ज : नेपालगञ्जको कान्ति आरोग्य अस्पताल नेगालगञ्जमा ९ वर्षकी वालिकाको दुरविन प्रविधिबाट एपेण्डिक्सको शफल शल्यक्रिया गरिएको छ । पश्चिम नेपाल कै ग्यास्ट्रो हेपाटोविलेरी तथा ल्याप्रोस्कोपिक (दुरविन तथा लेजर ) सर्जन डा. कृष्ण मोहन अधिकारीको टिमले सो शल्यक्रिया गरेको हो ।
‘एपेण्डिक्स भएर गाँठो परेर फुट्ने अवस्थामा अस्पतालमा आईपुगेको ९ वर्षिया विरामीको दुरविन प्रविधिबाट अपरेशन गरिएको छ । बेसिकल्ली यस्तो अपरेशनमा ठूलो चिरा लगाएर गर्नुपर्ने र अलि जटिल हुने हुन्छ । तर, पनि कान्ति आरोग्यमा सजिलै दुरविनबाट यो शल्यक्रिया गर्न सकियो’– डा. अधिकारीले भने ।
बालिकाको शल्यक्रिया दुरविनबाट संभव भएको कारण शल्यक्रिया गरेको एक दिनमा नै विरामी बालिका डिस्चार्ज भएर घर फर्केर आफ्नो नियमित विद्यालय जान सकेको डा. अधिकारीले जानकारी दिए ।
उनले भने–‘ बिरामीले जनरल एनेस्थेसियालाई थेग्न सक्दैन, वा विरामीको रगत पातलो भएर अत्याधिक रक्तश्राब हुने जोखिम अधिक छ, भने त्यस्ता विरामीले दुरविन प्रविधिबाट वा चिरेर अपरेशन सेवा लिन कठिन वा जोेखिम युक्त मानिन्छ ।’
उनले भने–‘ बिरामीले जनरल एनेस्थेसियालाई थेग्न सक्दैन, वा विरामीको रगत पातलो भएर अत्याधिक रक्तश्राब हुने जोखिम अधिक छ, भने त्यस्ता विरामीले दुरविन प्रविधिबाट वा चिरेर अपरेशन सेवा लिन कठिन वा जोेखिम युक्त मानिन्छ ।’ उनले विरामीको उमेर समुहले भन्दा पनि अन्य कुनै समस्या जस्तै सुगर, प्रेशर, जस्ता समस्या छैन भने सबैलाई दुरविन बाट शल्य चिकित्सा गर्न सकिने सल्लाह दिए ।
उनले सामान्य अवस्थामा रहेका, चिरेर अपरेशन गर्न योग्य रहेको बिरामीलाई पनि दुरविन प्रबिधिबाट अपरेशन सेवा दिन सकिने कुरामा जोड दिदै भने–‘ समान्य अवस्थामा रहेर अपरेशन गर्न फिट रहेको विरामीलाई दुरविन प्रविधिबाट सेवा दिदा कुनै पनि समस्या पर्दैन । उमेरको हदमा ६ महिनाको लागि पनि दुरविनबाट शल्यक्रिया गर्न सकिन्छ ।’
उनले दुरविनबाट अपरेशन गर्दा चिरेर गरेको अपरेशन भन्दा धेरै फाइदाहरु हुने बताए । उनी भन्छन–‘ दुरविन प्रविधिको अपरेशन गराउदा विरामीलाई अपरेशन गरिसकेपछि न्यूमोनियाँ हुने सम्भावनाहरु न्यून हुने, दुरविनबाट अपरेशन गर्दा विरामीमा अन्यरोग पनि भए नभएको सबै हेरेर अपरेशन गर्ने हुँदा यसका फाईदा धेरै छन् ।’
चिरेर अपरेशन गर्नु परेको खण्डमा जहाँ अपरेशन गर्नु पर्ने हो त्यहा त्यत्तिमात्र अपरेशन गरिने हुँदा जोखिम झन थपिने डा. अधिकारीको भनाई छ । ‘दुरविनले अपरेशन गर्दा भिजन क्लियर हुने अरु ठाँउमा रोग भएको डाईगोनोसिस हुने भएकोले चिरेर अपरेशन गुर्न भन्दा दुरविनले अपरेशन गर्दाका फाईदाहरु धेरै छन’– उनले भने ।
(डा. कृष्णमोहन अधिकारी ग्यास्ट्रो हेपाटोविलेरी तथा ल्याप्रोस्कोपिक (दुरविन तथा लेजर ) सर्जन हुन । पेटको रोग सम्बन्धी उपचारको विज्ञ रहेको उनी भेरी अस्पताल नेपालगञ्ज र कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा उपलब्ध छन् ।)
हेल्थइरा । २०८०, २० चैत्र मंगलवार