‘भेरी अस्पताल लगायतका सरकारी अस्पतालको क्षमता बढाउन प्रधानमन्त्री सकारात्मक’

नेपालगञ्ज :  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेपालगञ्जको भेरी अस्पताल लगायतका सरकारी अस्पतालहरुको स्तरोन्नती तथा तथा क्ष्मता बृद्धिका लागि सकारात्मक भएको बताएका छन ।

उनले शुक्रबार नेपालगञ्जको भेरी अस्पतालको नवनिर्मित इण्डोर भवन तथा एमआरआई सेवाको उद्घाटन गर्दै सो कुरा बताएका हुन । उनले भने–‘ हामी हिजो मात्र सरकारी अस्पतालको विकास तथा स्तरोन्नतीको विषयमा प्रधानमन्त्री ज्युकै कार्यकक्षमा पुगेर छलफल गरेका थियौ । उहाँले सरकारी अस्पताललाई सुबिधा सम्पन्न बनाउने कुरामा सकारात्मक हुनुहुन्छ ।’

मन्त्री पौडेलले सरकारी अस्पतालले जनताको मन जितेर सेवा प्रवाह गर्नु पर्ने बताउदै संबिधानमा आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गरेकाले सरकारले त्यसको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्वास्थ्य सेवालाई प्रभावकारी गराउन राज्यले लगानी गर्न जरुरी रहेको बताए ।

मन्त्री पौडेलले अस्पतालको नवनिर्मित इन्डोर भवनको व्यापक प्रयोग गरी एमारआइ सेवाको दायरा बढाउदै गुणस्तरिय सेवा प्रवाह गर्न भएका साधन स्रोत र जनशक्तिको उपयोग गर्न सुझाव दिए ।

अस्पतालमा बेड संख्या थपगरी ५सय पुराउने जनशक्ति थप गर्ने, तथा अन्य भौतिक पूर्वाधार र कार्यक्रम सञ्चाल गर्ने कुरामा आफुहरु र मन्त्रालय सकारात्मक भएको उल्लेख गरे ।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालको सेवा प्रवाह र अवस्थाबारे निमित्त मेसु डा.प्रकाश थापाले जानकारी गराएकका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य दिपा शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले आ–आफ्नो भनाई राखेका थिए ।

१३४ वर्ष अघि स्थापना भएको सो अस्पतालको नवनिर्मित ईण्डोर चार तले भवनमा ३ वटा ओटिसहित २४० बेड क्षमताको रहेको छ । यसैबीच मन्त्री पौडेलले कोहलपुर नगरपालिकाद्वारा सञ्चालनमा ल्याईएको नगर अस्पतालको पनि शुक्रबार नै उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया