दमका रोगीले ईन्हेलरको प्रयोग कसरी र किन गर्ने ? डा. योगीको सल्लाह भिडियोसहित

इन्हेलर दमका रोगीका लागि दोहोरो स्वास प्रश्वासमा अत्यन्त सहयोगी हुन्छ । तथ्यांक अनुसार विश्वभर करिब ३४ करोड मानिस दमबाट प्रभावित छन् । यो रोग मुख्य तया बालबालिका जेष्ठनागरिक सबैमा पाइन्छ ।

दम फोक्सोको समस्याबाट हुन्छ, जसले व्यक्तिलाई सास फेर्न गाह्रो हुनुका साथै लगातार खोकी पनि निम्त्याउँछ । खोकी लाग्दा र सास फेर्न गाह्रो हुँदा धेरै कठिनाइ अनुभव हुने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका छाती तथा फोक्सो रोग विषेशज्ञ डा ुभाष योगीको भनाई छ । यस्तो अवस्थामा यो समस्याको तत्काल उपचारका लागि इन्हेलरको प्रयोग गर्ने गरिन्छ । यो दमको उपचार गर्ने प्रभावकारी तरिका हो । दम नियन्त्रणमा राख्न र औषधिको सही खुराक प्राप्त गर्न इन्हेलर कसरी प्रयोग गर्ने भनेर जान्न आवश्यक छ ।

के हो इन्हेलर कसरी काम गर्छ ?

दमका बिरामीले प्रयोग गर्ने इन्हेलर सासबाट तानेर प्रयोग गर्ने औषधिय विधि हो । धेरै रोगका औषधि कि त मुखबाट खाने खालको हुन्छ कति सुईमार्फत दिइने हुन्छ । फोक्सोको रोगमा इन्हेलर विधिबाट औषधि बढी मात्रामा प्रयोग हुन्छ । यो प्रयोग गर्दा लत बस्ने धेरैमा भ्रम हुने भएकोले पनि प्रयोगमा हिचकिचाउने र नगर्ने चलन पनि छ तर यसो गर्दा विरामीलाई नै असर हुने क्रोनिक बन्दै जाने भएकोले चिकित्सकको सल्लाह बमोजिम प्रयोग गर्न डा. योगिको सल्लाह छ ।

दमका बिरामीको श्वासनली खुम्चिएको हुन्छ । जसले गर्दा सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, खोकी लाग्ने आदि हुन्छ । यो समस्यामा थोरै मात्रा औषधि मात्र श्वासको नली खुलाउन चाहिन्छ । तर त्यो बेलामा खाने औषधि दिइयो भने पेट हुँदै रगत र शरीरको सम्पूर्ण अंगमा पुग्छ र सानो भाग मात्रै फोक्सोमा पुग्छ । साथै यसले काम पनि बिस्तारै गर्छ ।

मुखबाट खाने औषधि शरीरको सम्पूर्ण अंगमा पुग्दा त्यसको साइड–इफेक्ट धेरै हुन्छ । तर दमका बिरामीलाई इन्हेलर विधिबाट तान्ने औषधि दिंदा त्यो सिधै फोक्सोमा जान्छ र छिटो काम पनि गर्छ । धेरै जसो इन्हेलर औषधिले १० देखि १५ मिनेटमा  असर सुरु गर्छ । खाने औषधिले काम गर्न आधा घण्टादेखि एक घण्टासम्म लाग्छ । त्यसैले दमको बिरामीलाई औषधि इन्हेलर प्रविधिबाट प्रयोग गर्नु राम्रो हुन्छ ।

इन्हेलर विधिबाट औषधि प्रयोग गर्दा सिधै फोक्सोमा जाने भएकाले औषधिको मात्रा कम भए पुग्छ । जस्तो एक जना दमरोगीले प्रयोग गर्ने ‘साल्बुटामोल’ भन्ने औषधि हुन्छ चक्की तथा झोलमा । त्यो औषधि बिरामीलाई चार मिलिग्राम चाहिन्छ । तर त्यही औषधि इन्हेलर विधिबाट दिइयो भने ०.२ एमजीले पनि पुग्छ ।

दमको खाने औषधि लामो समय प्रयोग गर्दा त्यसको विभिन्न साइड इफेक्ट देखा पर्न सुक्छ । तर इन्हेलर औषधि लामो समय प्रयोग गर्न मिल्छ । इन्हेलरमा प्रयोग हुने औषधि पनि कुनै पाउडर फर्ममा हुन्छ र कुनै लिक्विड फर्ममा हुन्छ । लिक्विड औषधि बाफको रूपमा फोक्सोमा पुग्छ ।

कति प्रकारको हुन्छ ?

इन्हेलरमा पनि दुई प्रकारको औषधि हुन्छ । एक, कन्ट्रोलर र दोस्रो, रिलिभर । रिलिभरले साँघुरो भएको श्वासनलीलाई खुलाउने काम गर्छ र सास फेर्न सजिलो बनाउँछ । कन्ट्रोलरले सुन्निएकोलाई कम गर्ने हो । साथै यो इन्हेलरले दमको अट्याक र लक्षण कम गर्न मद्दत गर्छ ।

फोक्सो कसरी सुरक्षित राख्ने ? फोक्सो रोग विषेशज्ञ डा. योगीको यस्तो छ सुझाव (youtube.com)

(डा. सुभाष योगी, छातिरोग विषेशज्ञ हुन । उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भेटिन्छन ।)




फेसबुकबाट तपाईको प्रतिक्रिया