जीवन शैलिमा आएको परिवर्तनका कारण आजकल धेरै मानिसहरूमा रगतको कमी हुने (एनिमिया) को समस्या देखिने गरेको छ । एनिमिया भनेको रगतको कमी हुनु हो । यस्तो अवस्थामा शरीरको तन्तुमा अक्सिजन पुर्याउने रातो रक्त कोशिकाको कमी हुन्छ ।
शरीरमा आइरनको कमीका कारण एनिमियाको समस्या हुन्छ । जसका कारण थकान, टाउको दुख्ने, कमजोरी हुने, श्वास फेर्न गाह्रो हुने जस्ता धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । शरीरमा रक्त अल्पता हटाउनको लागि आफ्नो खानपान मात्र नभई योग गर्नाले पनि फाइदा हुन्छ ।
प्राणायाम
प्राणायाम गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ । साथै फोक्सोमा अक्सिजनको प्रवाह पनि राम्रो रहन्छ । प्राणायामले मानसिक शान्ति प्रदान गर्दछ, जसले तनाव हुन्छ । यसले एनिमियाको समस्या पनि कम गर्छ । प्राणायाम गर्न सुखासन वा पद्मासनको स्थितिमा भुईँमा बस्नुपर्छ ।
मेरुदण्ड सीधा राखेर आँखा बन्द गरी र श्वासमा ध्यान केन्द्रित गर्नुपर्छ । हत्केलाहरू घुँडाभन्दा माथि राखेर । औँलाले दायाँ नाकको प्वाललाई बिस्तारै बन्द गरी देब्रे नाकबाट श्वास लिने र दाहिने नाकको प्वालबाट सास फेर्ने गर्नुपर्छ । त्यसपछि दायाँबाट श्वास लिएर बाँयाँबाट फेर्ने गर्नुपर्छ ।
कपालभाती
कपालभाती पेटको बोसो घटाउनको लागि सबैभन्दा सजिलो छ । कपालभाती गर्नाले तौल छिट्टै घट्छ, यसका साथै शरीरमा रगतको प्रवाह पनि रहन्छ र एनिमियाका बिरामीलाई पनि फाइदा हुन्छ । कपालभाती गर्न सुखासन वा पद्मासनको पोजिसनमा भुईँमा बस्नुपर्छ । अब गहिरो श्वास लिने र सास छोड्दा पेटभित्र तान्ने गर्नुपर्छ ।
सर्वाङ्गासन
सर्वाङ्गासन गर्दा पनि शरीरमा रगत बढ्छ । यो आसन गर्नाले मेरुदण्ड बलियो हुन्छ । एनिमिया भएकाहरूलाई पनि फाइदाजनक छ । सर्वांगासन गर्न पहिले भुईँमा सुत्ने कम्मरमा हात राखेर खुट्टालाई माथि उठाएर ९० डिग्रीसम्म लैजाने । यस अवधिमा आफ्नो टाउको, काँध र हातले मात्र जमिन छुनुपर्छ र बाँकी शरीरलाई माथि उठाउनुपर्छ ।
नोट : कुनै पनि प्रकारको शारीरिक गतिविधि प्रसव पछि गाह्रो हुन सक्छ । त्यसैले योग सुरु गर्नु अघि विशेषज्ञसँग सल्लाह लिन आवश्यक छ ।
हेल्थइरा । २०८०, २२ फाल्गुन मंगलवार