काठमाडौँ : भारतको स्थापना दिवस तथा गणतन्त्र दिवसको अवसर पारेर यसवर्ष भारत सरकारले नेपालका विभिन्न जिल्लामा विरामीलाई उपचारमा सहज पहुच पुराउनका लागि एम्बुलेन्स हस्तन्त्रण गरेको छ । भारतीय राजदूतावास, काठमाडौंले एक कार्यक्रममा बीच नेपालका विभिन्न जिल्लाका स्वास्थ्ये क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुलाई ३५ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरेको हो ।
अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्सका चाबी हस्तान्तरण गरेका हुन । उपहारस्वरुप आज हस्तान्तरण गरिएका कूल १ सय १ सवारी साधन मध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।
नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।
समारोहमा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।
सन् १९९४ यता भारत सरकारले आजको सहित हालसम्म भारत सरकारले नेपालभर १ हजार ९ वटा एम्बुलेन्स र आज हस्तान्त्रण गरेका ६६ सहित ३ सयवटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ ।
यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको छ ।
हेल्थइरा । २०८१, ३ बैशाख सोमबार