बाँकेमा आयुर्वेद सेवा लिनेको संख्या बढ्दै

 

नेपालगञ्ज : बाँकेमा नसर्ने रोगबाट जोगिने उद्देश्यले आयुर्वेद स्वास्थ्य उपचार सेवाप्रति सेवाग्राहीको चासो बढ्दो क्रममा रहेको पाईएको छ ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार जिल्लाका आठवटै पालिकामा नागरिक आरोग्य केन्द्र र आयुर्वेद औषधालयमार्फत सेवा लिने सेवाग्राही क्रमिक रुपमा बढ्दो रहेको पाईएको हो ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जका प्रमुख डा. गिता रेग्मीका अनुसार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म बाँकेका आठवटै पालिकामा सञ्चालन रहेका नागरिक आरोग्य केन्द्र र आयुर्वेद औषधालयबाट करिव ४० हजारले सेवा लिएको जानकारी दिईन ।

उनले खासगरी नसर्नेरोगको उपचारको लागि आयुर्वेद सेवालिनें बढ्दो रहेको बताईन । उनले भनिन–‘हामीले हाम्रा सेवाको जानकारी दिन जनस्तरसम्म पुग्न सकेका छैनौ तर, पनि प्रयास भने जारी राखेका छौ । अझै प्रचार प्रसार गर्नसके सेवाग्राही बढ्ने देखिन्छ ।’

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अन्तरगत संघ र प्रदेसबाट सञ्चालनमा रहेको ७ वटा संस्था र जानकी गाउपालिकाले आफ्नो स्वामित्वमा सञ्चालनमा ल्याएको संस्थाबाट सेवा प्रवाह हुँदै आएको छ । आयुर्वेद लोकपृय हुनु यसको उपचार पद्धती कै कारणले भएको केन्द्र प्रमुख डा. रेग्मीको भनाई छ ।

बाँके जानकी–३ का सेवाग्राही मुरारी मोहन अधिकारी विगत १२ वर्षदेखि उच्च रक्तचापका कारण हिडडुल गर्न समेत कठिन हुने अवस्थामा रहेको र बाँके आयुर्वेद स्वास्थ्य केन्द्रबाट पञ्चकर्म थेरापी सेवा लिन सुरु गरेपछि आफु अरुको साहारा बिना हिडडुल गर्न सक्ने भएको बताए । उनी भन्छन–‘ नियमितको थेरापीले म निको भएर पहिलाको जस्तै हिडडुल गर्नसक्छु भन्ने लागेको छ ।’

बाँकेमा चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म आयुर्वेद स्वास्थ्य सेवा ३९ हजार २ सय २ ले लिएका छन् । यी मध्ये नेपालगञ्जाट मात्रै २७ हजार ७ सय ६० ले सेवा लिएका हुन् ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जबाट पञ्चकर्म १ हजार ४१, जेष्ठ नागरिक ६ सय ३२, सुत्केरी आमा पोषण कार्यक्रम २ सय ५, विद्यालय आयुर्वेद योग १ हजार ५ सय ९६, योग प्रशिक्षक प्रशिक्षण २०, स्वास्थ्य जीवन शैली २ सय ६६, महिला स्वास्थ्य स्वयम सेविका अभिमुखिकरण २०, भान्सा सुधार कार्यक्रम ४० र आयुर्वेद शिक्षा अन्तरगत घरभेट कार्यक्रमबाट २ हजार ५ सय २०ले सेवा लिएको कार्यालयले जनाएको छ ।

आयुर्वेद सेवाको प्रचारप्रसारलाई व्यपक गर्न सके नसर्नेरोग निदानको लागि प्रभावकारी हुने दावी गरिएको छ ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया