नेपालगञ्ज : योग समिति नेपालद्वारा नेपालगञ्जमा सञ्चालन गरिएको चार महिना लामो छैठौ योग प्रशिक्षक प्रशिक्षण शनिबार प्रशिक्षित योग प्रशिक्षकहरुलाई प्रमाणपत्र बितरण गरी समापन गरिएको छ ।
गत बैशाखदेखि सुरु भएको सो प्रशिक्षणमा १४५ जना सहभागी रहेको योग समिति नेपालका उपाध्यक्ष तथा सञ्चारकर्मी लोकमाया सुवेदीले जानकारी दिईन ।
योग समिति नेपालका अध्यक्ष तथा योग गुरु गिरिराज भट्टराईले बाँके क्षेत्रनं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यमा दिक्षित योग प्रशिक्षकलाई प्रमाण पत्र बितरण गर्नुको साथै सपथ खुवाईएको थियो ।
करिव ७ वर्ष अघि १०–१२ जनाको समुहबाट सुरुवात गरिएको योग समिति नेपालमा ८ हजारको हाराहारीमा सदस्य पुगेको र ३० वटा योग केन्द्र मार्फत योग समिति नेपालसँग जोडिएको समितिले जनाएको छ ।
नियमति योग साधनाका कारण नसर्ने रोगहरु समेतको निदान भई मानव जीवनलाई स्वस्थ राख्न अहम भूमिका खेल्ने विश्वासका साथ योग जीवनलाई बढवा दिईदै आएको छ ।
हेल्थइरा । २०८१, १५ भाद्र शनिबार