नेपालगञ्ज–१३ को स्वास्थ्य संस्था बन्यो यसवर्षको उत्कृष्ठ

नेपालगञ्ज  :  नेपालगञ्ज उपमहानगरपालिकाको २३ वडाका स्वास्थ्य संस्था मध्ये वडा नम्बर १३ को उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा घोषित भएको छ ।

स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाहरुको सूचकका आधारमा उदयपुर स्वास्थ्य चौकी गत आर्थिक बर्ष २०८०/0८१ मा प्रथम भएको हो । अघिल्लो वर्ष उदयपुर दोस्रो स्थानमा थियो ।

यस्तै वडा नम्बर २० स्थित मनिकापुर स्वास्थ्य चौकी दोस्रो भएको छ । यसैगरी सहरी स्वास्थ्य आधारभूत सेवा केन्द्र मध्ये वडा नम्बर ६ पहिलो र वडा नम्बर २ दोस्रो भएको नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

उत्कृष्ठ स्थान हासिल गर्ने स्वास्थ्य संस्थाका प्रमुखलाई नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले प्रमाणपत्र हस्तान्त्रण गरेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया